spot_img
Monday, May 20, 2024
73.3 F
Washington DC.
spot_img

चीनको सिचुआनमा ६.८ म्याग्निच्युडको भूकम्पबाट २१ जनाको मृत्यु

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको लुडिङ काउन्टीमा सोमबार गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी २१ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार लुडिङ काउन्टी, गान्जी तिब्बती स्वायत्त प्रिफेक्चरमा सात जनाको मृत्यु भएको छ भने अन्य १४ जनाको याआन शहरको शिमियान काउन्टीमा मृत्यु भएको छ।

रेडक्रस सोसाइटी अफ चाइनाले भूकम्पपछि लेभल-३ को आपतकालीन अवस्थाको घोषणा गरेको छ , जसमा ३२० वटा पाल, २,२०० राहत प्याकेज, १,२०० रजाई र ३०० फोल्डिङ बेडसहितको राहत सामग्रीको पहिलो समूह प्रभावित क्षेत्रमा पठाइएको समाचारमा जनाइएको छ ।

सामाजिक सस्थाहरुले राहत र उद्धार कार्यमा सहयोग गर्न कार्यदल पनि पठाएको छ ।

सिचुआन प्रान्तले भूकम्पको लागि दोस्रो उच्च स्तरको आपतकालीन अवस्था सक्रिय गरेको छ र थप उद्धारकर्मीहरू केन्द्रबिन्दुमा पुगेको संचार माध्यमले जनाएका छन् ।

चाइना भूकम्प नेटवर्क सेन्टर (CENC) का अनुसार लुडिङ काउन्टीमा सोमबार दिउँसो १२ बजेर ५२ मिनेटमा (बेइजिङ समय) ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पको केन्द्र २९.५९ डिग्री उत्तर अक्षांश र १०२.०८ डिग्री पूर्वी देशान्तरमा १६ किलोमिटर गहिराइमा रहेको सीईएनसीले जनाएको छ।

भूकम्पको केन्द्रविन्दु लुडिङ जिल्लाबाट ३९ किलोमिटर टाढा रहेको र भूकम्पको केन्द्रविन्दुको पाँच किलोमिटर दायराभित्रका धेरै बस्तीहरु रहेको समाचारमा जनाइएको छ ।

भूकम्पको धक्का केन्द्रबिन्दुबाट २२६ किलोमिटर टाढा रहेको सिचुआनको राजधानी चेङ्दुमा महसुस गरिएको थियो । स्रोत: सिन्ह्वा

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img