Wednesday, June 10, 2026
71.8 F
Washington DC.

काबुलको दारुल अमान क्षेत्रमा विष्फोट, रुसी दूतावासका २ कामदारको मृत्यु

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अफगानिस्तानको राजधानी काबुल सहरको दारुल अमान क्षेत्रमा आज बिहान एउटा विस्फोट भएको त्यहाँका बासिन्दाहरूले र अधिकारीहरूले पुष्टि गरेको स्थानीय समाचार माध्यमले जनाएका छन्।

एक आत्मघाती हमलाकारीले रुसी दूतावास अगाडि जम्मा भएका मानिसहरूमाझ आफूलाई विस्फोट गराउने योजना बनाएको थियो तर सुरक्षाकर्मीले उसलाई पहिचान गरी निशाना बनाउदा विस्फोट भएको काबुल सुरक्षा विभागका प्रवक्ता खालिद जद्रानले एक विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

विष्फोटमा चार सर्वसाधारण र रुसी दूतावासका दुई कामदारको मृत्यु भएको र कैयौं अन्य अफगानी घाइते भएको जाद्रानले बताएका छन् ।

दारुल अमानमा भएको विष्फोटमा काबुलमा रहेको रुसी दूतावासका दुई जना कर्मचारीको मृत्यु भएको रुसी विदेश मन्त्रालयले जनाएको छ । समाचार माध्यम अल जजीराका अनुसार मृत्यु हुनेको संख्या २५ पुगेको छ भने धेरै घाइते भएका छन् ।

अल जजीराका अनुसार आज बिहान ११ बजे काबुलमा रुसी दूतावासको अगाडि एक आत्मघाती हमलाकारीले भीडमा आफूलाई विस्फोटन गर्न खोजेको थियो तर लक्ष्यमा पुग्नुअघि नै सुरक्षा बलले उनलाई निशाना बनाइउदा आत्मघाती हमलाकारीले विस्फोट गराएको थियो।

जाद्रानका अनुसार विस्फोटमा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । उनले उक्त क्षेत्रलाई सुरक्षाकर्मीले घेरेको बताएका छन् ।

(एजेन्सीको सहयोगमा)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img