spot_img
Friday, September 20, 2024
62 F
Washington DC.
spot_img

प्रचण्डले लिए प्रधानमन्त्रीको सपथ

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिधिवतरुपमा नेपालको नयाँ प्रधानमन्त्री बनेका छन् । उनलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी हुन् । यसअघि आइतबार राष्ट्रपतिले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेको घोषणा गरेकी थिइन् ।

यो सहित प्रचण्ड तेस्रो पटक नेपालको प्रधानमन्त्री बनेका छन् । उनी पहिलो पटक २००८ देखि २००९ सम्म र दोस्रो पटक २०१६ देखि २०१७ सम्म प्रधानमन्त्री बनेका थिए । अत्यन्तै नाटकीय ढंगमा नेपाली काग्रेस लगायतका दलहरुसंगको गठबन्धनको सहकार्य तोडेका प्रचण्डले दोश्रो ठुलो दल नेकपा एमाले लगायत अन्य साना दलहरुसग मिलेर सत्ता साझेदारी गरेका छन्। सहमतिअनुसार पुष्पकमल दाहाल साढे दुई वर्ष र केपी शर्मा ओली साढे दुई वर्ष प्रधानमन्त्री हुनेछन् ।

यसैबिच, राष्ट्रपति समक्ष सपथ लिए पश्चात प्रचण्डले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। आज शपथ लिएका आठ सदस्यीय मन्त्रिपरिषदमा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसहित एक उपप्रधानमन्त्री गरी दुई जना, नेकपा (एमाले) बाट एक उपप्रधानमन्त्रीसहित चार मन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्रीसहित गृहमन्त्री र जनमत पार्टीबाट एक छन् ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री बनेका छन्।

त्यस्तै, विनाविभागीय मन्त्रीहरूमा दामोदर भण्डारी, ज्वालाकुमारी साह, राजेन्द्र राई र अब्दुल खाँले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेकपा एमाले सहितको गठबन्धन र समर्थनबाट भारी बहुमतका साथ प्रधानमन्त्रीमा नियुक्त भए पनि प्रचण्डले अब ३० दिनभित्र तल्लो सदनबाट विश्वासको मत लिनु पर्नेछ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img