spot_img
Friday, September 20, 2024
83.7 F
Washington DC.
spot_img

नेपाली कांग्रेसभित्र भाडभैलो, सत्ता जोगाउन नसकेको भन्दै देउवा किचेन क्याबिनेटमाथी आरोप

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपालमा सत्ता गुमाएपछि नेपाली कांग्रेसमा उथलपुथल सुरु भएको छ । नयाँ गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बनेसँगै कांग्रेस केन्द्रदेखि सातै प्रदेशमा प्रमुख प्रतिपक्षी भूमिकामा पुगेको छ। माओवादीलाई प्रधानमन्त्री छाडेर राष्ट्रपतिलगायत पद लिएर जानुपर्नेमा नेतृत्वबाट गल्ती भएको भन्दै कांग्रेसभित्र असन्तुष्टिका आवाज सुनिन थालेका छन्। यतिबेला पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत प्रश्नको घेरामा उभिएका छन् । पूर्वसत्ता गठबन्धनलाई बचाउन नसकेको भन्दै अहिले देउवा लगायत उनको किचेन क्याबिनेटमाथि आरोप लगाइएको छ ।

आइतबार बिहानसम्म नेपाली काँग्रेसको नेतृत्वमा पाँच दलको गठबन्धनले सरकार बनाउने भन्ने सामान्य बुझाइ थियो । तर दिउँसो बसेको गठबन्धन बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता पुष्पकमल दाहालले छुट्टिने निर्णय गरेको बताएका थिए । त्यो गठबन्धनको नयाँ सरकारमा पहिलो साढे दुई वर्ष आफूलाई प्रधानमन्त्री बन्न दिनुपर्ने दाहालले बारम्बार माग गर्दै आएका थिए । तर देउवा आफैं प्रधानमन्त्री बन्ने कुरामा अडिग रहेका थिए ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा रहँदा पनि दाहालको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत विपक्षी दलका नेतासँग सम्बन्ध रहेको स्पष्ट भएको छ । त्यसैले नेपाली कांग्रेसका धेरै नेताहरुले यो घटनाक्रमबाट देउवा अनभिज्ञ रहेको र दाहाललाई रोक्न नसकेको आरोप लगाएका छन् ।

ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एमाले) र अन्य दलको समर्थनमा दाहाल अहिले प्रधानमन्त्री बनेका छन् । उनलाई समर्थन गर्ने दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक मुक्ति पार्टी, जनमत पार्टी र जनता समाजवादी पार्टी पर्छन्। योसँगै केही स्वतन्त्र सांसदले पनि उनलाई समर्थन गरेका छन्।

आम निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले सरकार गठन गर्न नसकेकोमा देउवा र उनका किचेन क्याबिनेट निकटका नेताहरूलाई दोष दिइरहेका छन् । देउवाका किचेन क्याबिनेट निकटका नेताहरूमस देउवाकी पत्नी आरजु देउवा राणा, ज्ञानेन्द्रबहादुर कार्की, विमलेन्द्र निधि र पार्टी प्रवक्ता प्रकाशशरण महत रहेका छन् । यी नेताहरुले देउवालाई गलत सल्लाह दिएको आरोप छ। उनको भनाइ पछ्याउँदै देउवाले गलत रणनीति अपनाएपछि नेपाली कांग्रेस अब प्रतिपक्षमा बस्नुपर्ने भएको छ ।

अहिले पार्टीका केही नेताहरुले देउवालाई पार्टी सभापतिबाट राजीनामा दिन माग गरेका छन् । उनले तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन पनि माग गरेका छन् । राजनीतिक विश्लेषकहरूका अनुसार नेपाली कांग्रेसभित्रको एउटा बलियो गुटले देउवालाई घेरेर बस्ने प्रयास गरिरहेको छ । अब उनीहरुले मौका पाएका छन् । पूर्वराजदूत तथा राजनीतिक विश्लेषक लोकराज बरालले काठमाडौं पोष्ट पत्रिकालाई भनेका छन् , ‘संसदमा सबैभन्दा ठूलो दल भएर पनि नेपाली काँग्रेसले सत्ता गुमाएको छ । यसका लागि पार्टी नेतृत्व मात्र जिम्मेवार छ ।

बरालले भने, ‘गठबन्धनमा संलग्न दलहरूले बढीभन्दा बढी सत्तामा बाँडफाँडको माग गर्दा देउवा गुटले स्थितिको सही मूल्याङ्कन गर्न र अर्को घटनाको अनुमान गर्न सकेन । त्यसैले नेपाली कांग्रेसको अहिलेको दुर्दशामा उनी जिम्मेवार छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले देउवाको विरोध गर्दै आएका थिए । पछिल्लो घटनाक्रमपछि उनले भनेका छन् – ‘नयाँ परिस्थितिमा गम्भीर प्रश्न खडा भएको छ । देउवाको नेतृत्वमा गठबन्धनले किन काम गरेन भन्ने जवाफ हामी सबैले खोज्नुपर्छ । कोइराला गुटका नेता गुरुराज घिमिरेले देउवाले नैतिकताका आधारमा पार्टी सभापति र संसदीय दलको नेता दुवै पदबाट राजीनामा दिनुपर्छ भनेका छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img