नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । यसअघि पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो ।
भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै एक किशोरीले बलात्कारको आरोपमा लामिछाने विरुद्ध गत भदौ २१ गते उजुरी दिएकी थिइन् । किशोरीको उजुरीको आधारमा लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
यो पनि पढनुहोस।
कप्तान सन्दीप लामिछाने निलम्बित, अदालतबाट पक्राउ पुर्जी जारी
सन्दीप लामिछाने विरुद्ध नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा उजुरी, क्यानको आकस्मिक बैठक बस्दै
उच्च अदालत पाटनको आदेशको पूर्णपाठ
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया