Thursday, April 17, 2025
50.2 F
Washington DC.

यस्तो छ विमान दुर्घटनामा ज्यान गुमाएकी सहचालक अन्जु खतिवडाको कथा

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आइतबार पोखरामा भएको यति एयरको विमान दुर्घटनामा विराटनगर महानगरपालिका-५ चाँदनी चोक निवासी अञ्जु खतिवडा थिइन् सहचालक । बिहान १०:३२ बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको विमान सेती खोँचमा खसेर दुर्घटनाग्रस्त भएको थियो।

चालक दलमा चार सदस्यहरु: परिचालिका सृजना होंगचुन र ओसिन आलेमगर थिए भने वरिष्ठ क्याप्टेन कमल केसी र सह चालक अन्जु खतिवडाले विमान चलाएका थिए। ६८ जना यात्रु लिएर पोखरा उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ विमान अवतरण हुनै लाग्दा दुर्घटना भएको थियो, जसमा को-पाइलट खतिवडाको अवस्था अज्ञात छ।

दुर्घटनामा परेको यति एयरलाइन्सको विमानकी को-पाइलट अन्जु खतिवडाको यो अन्तिम उडान थियो। विमान सकुशल अवतरण भएपछि अन्जुको प्रमोशन हुने थियो । अन्जु को-पाइलटबाट पाइलट बन्न लागेकी थिइन्।

यो विमान सिनियर क्याप्टेन कमल केसीले उडाउँदै थिए । विमानमा अन्जु को-पाइलट थिइन् । केसीले अञ्जुलाई क्याप्टेनमा पास गराउने अन्तिम उडान गराइरहेका थिए। उनले क्याप्टेन क्लियरेन्सको प्रमाणपत्र पाउने उडान अवतरण हुनुभन्दा केही मिनेटअघि नै दुर्घटना भएको थियो। यती एयरलाइन्सको दुई इन्जिन भएको एटीआर ७२ विमान अवतरण हुनु केही मिनेटअघि पहाडमा ठोक्किएर दुर्घटना भएको थियो ।

झन्डै १०० घन्टा जहाज उडाएकी अञ्जुले यसअघि भद्रपुर, विराटनगर, धनगढीलगायत ठुला जहाज उडान हुने विमानस्थलमा सफल उडान गरिसकेकी थिइन्।

यस्तै दुर्घटनामा अञ्जुले विमान चालक पति गुमाएकी थिइन्

अर्को दुखद संयोग यो छ कि यती विमान दुर्घटनामा परेकी को-पाइलट अन्जु खतिवडाले १६ वर्षअघि यस्तै दुर्घटनामा विमान चालक पति गुमाएकी थिइन् । जानकारी अनुसार उनले सन् २००६ मा यती कै विमान दुर्घटनामा श्रीमान् गुमाएकी थिइन्।

जानकारी अनुसार अञ्जुका श्रीमान् दीपक पोखरेलले १६ वर्षअघि यति एयरलाइन्सको को-पाइलटकै रूपमा उडाएको विमान दुर्घटना हुदा ज्यान गुमाएका थिए। नेपाली सेनाको हेलिकप्टर उडाउने को-पाइलट दीपक पोखरेलसँग अन्जुको विवाह भएको थियो । विवाहको केही वर्षपछि यति एयरलाइन्समा पाइलट बनेका दीपकको सन् २००६ मा जुम्ला जिल्लामा ट्वीनअटर दुर्घटनामा मृत्यु भएको थियो । सो विमान नेपालगन्जबाट सुर्खेतका लागि उडेको थियो । उक्त दुर्घटनामा चालक दलका ४ सदस्यसहित १० जनाको ज्यान गएको थियो ।

सन् २००६ मा सोही आन्तरिक एयरलाइन्सको सानो यात्रुवाहक विमान उडाउने क्रममा मारिएका श्रीमानको मृत्युपछि अन्जु नेपालको उड्डयन क्षेत्रमा आवद्ध भएकी थिइन् । पारिवारिक स्रोतका अनुसार श्रीमान् पाइलट हुँदा अन्जु गृहिणी मात्रै थिइन्, श्रीमानको मृत्युपछि अन्जुले अमेरिकामा पायलट कोर्स पढेर उड्डयन क्षेत्रमा आवद्ध भएकी थिइन् ।

झण्डै १६ वर्षपछि अन्जुले सहचालक गरेको ९ एनएएनसी एटीआर–७२ विमान आइतबार पोखराको नयाँ विमानस्थल नजिकै सेती नदीको किनारमा ७२ यात्रुसहित दुर्घटनाग्रस्त भएको थियो । अधिकारीहरुका अनुसार आइतबार भएको दुर्घटनामा ७० जनाको मृत्यु भएको पुष्टि भएको छ भने दुईजना अझै बेपत्ता छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...

अन्य समाचार

- Advertisement -spot_img