Friday, April 11, 2025
47.5 F
Washington DC.

२ विमानहरू न्यूयोर्कको रनवेमा झन्डै ठोक्किए

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

डेल्टा एयरलाइन्सले टेकअफको तयारी गरिरहेको बेला अमेरिकी एयरलाइन्सले रनवे पार गर्दा शुक्रबार न्यूयोर्कको जेएफके एयरपोर्टमा दुईवटा एयरलाइन्स एक आपसमा झन्डै ठोक्किएका थिए।

राष्ट्रिय यातायात सुरक्षा बोर्ड ((एनटिएससी)) ले यसबारेमा अनुसन्धान शुरु गरेको जनाएको छ।

१४५ यात्रु र ६ जना चालक दलका सदस्यहरू लिएर डेल्टाको बोइङ ७३७ न्यूयोर्कबाट डोमिनिकन रिपब्लिकका लागि उडन लागेको थियो । अमेरिकी बोइङ ७७७ विमानमा १३७ यात्रु र १४ जना चालक दलका सदस्यहरु बेलायतका लागि उडान तयार गर्दै थियो । त्यसैबेला एयर ट्राफिक कन्ट्रोलले सम्भावित दुर्घटना हुने देखेर तुरुन्तै डेल्टा विमानलाई जहाज रोक्न आदेश दिएको थियो ।

” डेल्टा १९४३ , टेक अफ क्लियरेन्स रद्द गर्नुहोस्! डेल्टा १९४३ , टेक अफ क्लियरेन्स रद्द गर्नुहोस्!” अमेरिकन एयरलाइन्सको विमान अगाडि क्रस गरिरहेको एयर कन्ट्रोलरले देखे पछि एयर ट्राफिक कन्ट्रोलबाट डेल्टा विमानलाई जहाज रोक्न आदेश दिइएको थियो।

उक्त रेकर्डिङ लाइभ एटीसी द्वारा बनाईएको थियो। लाइभ एटीसी वेबसाइटले उडान संचारको निगरानी र पोस्ट गर्दछ।

एयर ट्राफिक नियन्त्रकहरूले अमेरिकन एयरलाइन्स ७७७ लाई रनवे पार गरेको देखेपछि डेल्टा एयर लाइन्स ७३७ लाई रनवे ४ -बायाँमा सुरक्षित रोकिएको थियो । संघीय उड्डयन र यातायात (एफएए) ले जारी गरेको विज्ञप्ति अनुसार अमेरिकी एयरलाइन्सको विमान छेउछाउको ट्याक्सीवेबाट पार गरेको ठाउँबाट डेल्टा विमान करिब १,००० फिट अगाडि रोकिएको थियो ।

“डेल्टाले जनवरी १३ को उडान १९४३ को पूर्ण समीक्षामा उड्डयन अधिकारीहरूसँग काम गर्नेछ र न्यूयोर्क-जेएफके मा सफल टेकअफ प्रक्रियाको सम्बन्धमा सहयोग गर्नेछ। हामी हाम्रा ग्राहकहरूलाई तिनीहरूको यात्राको असुविधा र ढिलाइको लागि माफी चाहन्छौं, “डेल्टाका प्रवक्ताले एक विज्ञप्तिमा भनेका छन् ।

अमेरिकन एयरलाइन्सले घटनाको बारेमा सबै एफएएलाई उपलब्ध गराउने बताएको छ ।

दुवै जहाजका शुक्रबारका उडानहरु रद्व गरी सनिवारका लागि तय गरिएको थियो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img