Friday, March 6, 2026
53.4 F
Washington DC.

भाइरल भिडियो: यती एयरलाइन्सको विमान भित्रबाट फेसबुक लाइभको भिडियो सार्वजनिक

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपालको पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमान दुर्घटना हुनु केही मिनेट अघि मात्र खिचिएको भनिएको एउटा भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भएको छ। विमानमा सवार भारतको उत्तर प्रदेश अन्तर्गत गाजीपुरका चारजना बासिन्दाहरू उडानको अनुभव सेयर गर्न फेसबुकमा लाइभ गर्दै गरेको देखिएको छ । तर, भिडियोको सत्यता भने अझै खुल्न सकेको छैन ।

१.३० मिनेटको भिडियोले पोखरा सहरलाई तल देखाउँदा ‘मौज कर दि ‘ भन्दै ती मध्ये एक जना उत्साहका साथ कराएको सुनिन्छ।

फोनको क्यामेरा पनि ती मध्ये एक सोनु जैसवाल तर्फ फ़र्काइञ्छ । ५८ सेकेन्ड पछि भिडियोले विमानले बायाँ तिर तीव्र मोड लिइरहेको र त्यसपछि दुर्घटनाग्रस्त र आगोमा परिणत भएको देखाउँछ। भिडियोले अर्को ३० सेकेन्डसम्म यसको वरिपरि ठूलो आगोको मुस्लोहरु देखाउछ ।

यो भिडियो सोनु जैसवालको फेसबुक प्रोफाइलबाट लाइभ भएको थियो। भिडियो बारे उनको भाइ रजत जैसवालले पुष्टि गरेको भारतीय मिडियाहरुले भनेका छन् । “पोखराको लागि उडानमा चढेपछि सोनु फेसबुकमा लाइभमा थिए। लाइभ स्ट्रिमिङले सोनु र उनका साथीहरू खुसीको मुडमा रहेको देखाएको थियो तर स्ट्रिमिङ रोकिनुअघि नै अचानक जहाज दुर्घटनाग्रस्त भै आगो लाग्यो ,” रजत जैसवालले संचार माध्यमलाई जानकारी गराए ।

(भिडियो : ग्राफिक सामग्री चेतावनी)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img