spot_img
Wednesday, September 25, 2024
65.9 F
Washington DC.
spot_img

(भिडियो) नेपालमा यती विमान दुर्घटना यसरी भयो: कम्तीमा ६८ जनाको मृत्यु , ४ जनाको खोजी जारी

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपालमा यती एयरलाइन्सको विमान आइतबार पोखरामा दुर्घटना हुदा कम्तिमा ६८ जनाको मृत्यु भएको छ । पछिल्लो रिपोर्ट अनुसार पोखराको सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । विमानमा ५३ नेपाली, १५ विदेशी र ४ चालक दलका सदस्यसहित ७२ यात्रु सवार थिए ।

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२, ९एन–एएनसी विमान आईतबार बिहान १०ः३० बजे नयाँ गाउँमा दुर्घटना भएको हो । यती एयरलाइन्सका अनुसार आज बिहान १० बजेर ५० मिनेटमा सेती घाटबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग विमानले अन्तिम सम्पर्क गरेको थियो।

५३ नेपाली, ५ भारतीय, ४ रुसी, १ आयरिश, १ अस्ट्रेलियन, १ अर्जेन्टिनी, २ कोरियन र १ फ्रान्सेली गरी ६८ यात्रु र ४ जना चालक दलका सदस्य थिए ।

बिहान ११ बजे पोखरा विमानस्थलमा अवतरण हुनु केही सेकेण्डअघि पुरानो विमानस्थल र नयाँ विमानस्थलबीचको सेती नदीको किनारमा विमान दुर्घटना भएको थियो ।

विमान दुर्घटना हुँदा आगो लागेको र सामाजिक सञ्जाल प्लेटफर्ममा पोस्ट गरिएका तस्विर र भिडियोहरूले दुर्घटनास्थलबाट धुवाँको मुस्लो निस्किरहेको देखाएको छ।

मिडिया स्रोतका अनुसार दुर्घटनास्थलबाट ६८ जनाको शव निकालिएको छ । दुर्घटनामा कोही पनि बाँच्न नसकेको बताइएको छ । बाँकी चार जनाको खोजी भइरहेको छ ।

पोखरामा आइतबार एटीआर विमान दुर्घटना भएपछि यती एयरलाइन्सले भोलि (सोमबार)का लागि तय भएका सबै उडान रद्द गरेको छ ।

एयरलाइन्सले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै भोलिका लागि तय भएका सबै नियमित उडान रद्द गरिएको जानकारी दिएको हो ।

एयरलाइन्सका अनुसार भोलि आपत्कालीन र उद्धार उडान हुनेछ ।

यसैगरी, नेपाल सरकारले भोलि माघ १६ गते शोक बिदा दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता अर्थमन्त्री विष्णु पौडेलका अनुसार आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा परी भएको मानवीय क्षतिप्रति शोक बिदा दिने निर्णय गरेको हो ।

‘घटनाप्रति मन्त्रिपरिषद्ले गहिरो दुःख व्यक्त गरेको छ। भोलि माघ १६ गते दुखद घटनामा शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ,’ पौडेलले संचार माध्यमलाई जानकारी दिए ।

बैठकले घटनाबारे परिवारका सदस्यलाई जानकारी गराउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय पनि गरेको छ ।

दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति पनि गठन गरिएको छ ।

आइतबार ७२ यात्रु बोकेको नेपाली यात्रुवाहक विमान दुर्घटनाको साक्षी बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दुई साताअघि मात्र उद्घाटन गरिएको थियो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img