spot_img
Wednesday, September 25, 2024
65.9 F
Washington DC.
spot_img

हुन्डीमा किन भइरहेको छ भारतीयभन्दा नेपाली रुपैयाँ महँगो ?

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाली र भारतीय रुपैयाँ बिच हुने अवैध सटहीमा ऐतिहासिक उछाल आएको छ। दशकौँ देखि महँगो रहेको भारतीय रुपैयाँ हुन्डी तथा अवैध सटही कारोबारमा ऐतिहासिक ह्रास भएकोले आर्थिक जगतमा ठूलो भूकम्प आएको छ। मुलुकको संघीय राजधानी काठमाडौँ देखि आर्थिक राजधानी वीरगञ्जका बजारमा भारतीय रुपैयाँ भन्दा नेपाली रुपैयाँ २ देखि ५ रुपैयाँ महँगो भएको छ। वीरगञ्ज तथा काठमाडौँमा १ लाख ५८ हजार नेपालीमा १ लाख भारुको पाइने गरेको एक व्यापारीले बताए। उनले भने, ‘भारतको दिल्ली, मुम्बई, कलकत्ता लगायतका ठूला सहरमा हुन्डीको माध्यमबाट पैसा चाहियो भन्ने १ लाख ५५ हजार नेपालमा दिएँ भारतीय एक लाख पाइन्छ।’ भारतबाट नेपालमा अप्रत्याशित रुपमा अवैध कारोबारका रकमहरू आइरहेका कारण भारत र नेपालबीचको रुपैयाँमा अप्रत्याशित परिवर्तन आएको व्यापारीहरूको भनाइ छ।

यति मात्र होइन सीमावर्ती भारतीय बजारमा खुद्रा सामानहरू समेत खरिद गर्दा अहिले नेपाली रुपैयाँ स्थिर भएको छ। विगत एक दशक देखि सीमावर्ती बजारहरूमा नेपाली रुपैयाँलाई भारतीय रुपैयाँसँग सटही गर्दा बट्टा दिनुपर्थ्यो। सटही गर्दा सयकडा रु छ सम्म पुगेको दर एक्कासि घटेर बराबरमा झरेको छ। खुला सिमाना र नेपाल भारत बिच रहेको ठुलो व्यापार घाटाको भए पनि दुबै देश बिच आएको आर्थिक तरङ्गको मुख्य कारण अवैध तस्करी नै रहेको नेपाली व्यापारीहरूको ठम्याइ छ।

साथै दुबै रुपैयाँ बिच एक्कासी आएको परिवर्तनले गर्दा  नेपालको आर्थिक क्षेत्रमा ठुलो गिरावट आउने अडकल समेत गर्न थलिएको छ। चिनबाट नेपाल भएर भारतमा सुन र डलरको तस्करीका ठुलो बढोत्तरीको कारण रुपैयाँको अवैध कारोबारमा परिवर्तन आएको केही व्यापारीहरूको भनाइ समेत रहेको छ। एक व्यापारीले भने, ‘नेपाल भारत बिच ठुलो व्यापार घाटा छ। आयात निर्यातमा त्यस्तो कुनै परिवर्तन आएको छैन, अवैध बस्तुको सप्लाइका भुक्तानी अवैध आउने कुराले गर्दा नै यस्तो भएको हो। ’

रक्सौल मिठा बजारका अमृत साह तेलीले नेरु १५८ मा भारु १०० दिने गरेको बताए। सीमावर्ती सिकटा, इनर्वा, भेलाही, रक्सौल बजारमा अहिले भारु सटही गर्दा बट्टा लाग्दैन,  उल्टै नेरु लिँदा बट्टा दिने गरिएको छ।

नेपाली बजारमा सुन पनि सस्तो

नेपाली बजारमा सुनको कारोबारमा समेत अप्रत्याशित गिरावट आएको छ। केरुङ र रसुवा नाकाबाट सुनको तस्करी कारोबार बढेको कारण सुनको मूल्य सस्तिएको अनुमान लगाउन थालिएको छ। चिनमा कोरोनाको कारण देखिएको आर्थिक मन्दीको कारण तिब्बतका युवाहरूको सक्रियतामा सुन र डलरको नेपाल भएर भारतमा ठूलो स्तरमा तस्करी भएको समाचार श्रोतको भनाइ छ। जसमा चिन सरकारका सरकारी अधिकारीहरू समेत सघाइरहेको श्रोतको दाबी छ।

शुक्रबारसम्म सुनको सरकारी दर १ लाख ४ हजार प्रति तोला भएपनि व्यापारीहरू आफूमा एक लाखसम्ममा खरिद गरेका थिए। नेपाली बजारमा देखिएको आर्थिक मन्दीको कारण नयाँ सुन खरिदकर्ता भन्दा पनि बढी बिक्री गर्नेहरूको संख्या केही समय देखि बढेको सुनचाँदी व्यावसायी संघको केन्द्रिय सदस्य निरज सर्राफको भनाइ छ। उहाका अनुसार, बजारको अवस्था दयनीय छ, कारोना पछि देखिएको आर्थिक मन्दीको कारण सुन खरिदकर्ता भन्दा पनि अहिले गहना बिक्री गर्नेहरू बढी आइरहेका छन्।

भारतीय बजारमा नेपालबाट सुन र डलर जाने र भारु आउने गरेका कारण पर्याप्त भारुको सञ्चय भएकोले यसो भएको बताइएको छ। वीरगंज लगायत पर्साका जिल्लामा अहिले हुन्डीको कारोबार बढेको समाचार छ। पर्साका प्रहरीले चासो नदेखाएपछि हुन्डी कारोबारीहरूको मनोबल बढ्दै गएको छ।

नेपालबाट हुने हुन्डीको व्यापारमा  अहिले सबै भन्दा बढी चाइनिज रुपैयाँ आरएमबीको अवैध कारोबार भइरहेको छ। मुख्यरूपमा नेपालबाट हुनै आर्थिक आपराधिक गतिविधिमा मुख्य रुपमा सुन र डलरको तस्करीसँगै वन्यजन्तुका अङ्गहरुको पनि तस्करीको कारोबार बढ्दै गएको छ। कोरोनाको कारण चिनमा देखिएको आर्थिक मन्दीबाट बच्नका लागि चिन सरकारले सुन र डलरको तस्करीलाई नीतिगत  रूपमै अभियान चलाएको छ। कालोधन लुकाउन भारतमा सुन र डलरको बढी माग भएकोले  नेपाल भएर  सुन र डलरको तस्करीमा एक महिना देखि अप्रत्याशित उछाल आएको छ। परिणाम स्वरुप त्यसका भुक्तानी चीनका तस्करहरूले चाइनिज रुपैयाँ आरएमबी मै लिने गरेकोले अहिले सबै भन्दा बढी आए एम बिको हुन्डी भएको बताइन्छ वीरगञ्ज देखि राजधानी काठमाडौँका पुराना हुन्डीका कारोबारीहरू अहिले आएएमबीको कारोबारमा लागेको बताइन्छ। मुख्यरूपमा चाइनिज कम्पनीको नेपालमा चलिरहेको कारोबार र त्यसमा कार्यरत चिनियाँसँग सम्बन्ध बढाएर उनीहरूले नेपालमा ल्याउने चिनियाँ बैकको माध्ममबाट आउनु पर्नेमा त्यो सबै हुन्डीको कारोबारमा सहायक सिद्ध भइरहेको एक व्यापारीले बताए। यति मात्र होइन नेपालमा चाइनिजहरुले गर्ने गरेको व्यापारमा घाटा भएपनि नाफा देखाएर राष्टबैकबाट आर एम बि लिने र त्यो फेरि हुन्डीको कारोवारीहरुलाई दिन कार्यसमेत भइरहेको छ।

श्रोत: अनिल तिवारी /आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img