Thursday, April 23, 2026
78.7 F
Washington DC.

पल शाहले तनहुँ जिल्ला अदालतबाट बलात्कारको मुद्दामा पाए सफाइ

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

तनहुँ जिल्ला अदालतले कलाकार पल शाह विरुद्धको बलात्कारको मुद्दा माथि सफाइ दिएको छ । पेशी तोकेर स्थगन हुँदै आएको मुद्धामा आज सुनुवाईका क्रममा पल शाहले सफाइ पाएका हुन् ।

बलात्कारको मुद्दामा दावी नपुगेकोले निर्दोस रहेको ठहर गर्दै न्यायाधीश कमलप्रसाद आचार्यको इजालसले शाहलाई सफाइ दिएका हुन्।

जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले गएको फागुनमा पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै अभियोग पत्र अदालतमा दर्ता गरेको थियो।

नायक शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो । तर नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बालयौन दुब्र्यावहारको अभियोगमा भने साढे दुई वर्षको कैद सजाय तोकेको छ ।

गत फागुन ११ गते बालिकाका बुवाले आफ्नी छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए । शाह फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए ।

जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएका नाबालिकाका बाबुले पछि आएर बयान फेरेका थिए।

यो पनि पढ्नु होस्। पल शाह प्रकरण: पीडित भनिएकी नाबालिकाले अदालतमा बयान फेरिन

तनहुँ अदालतले निर्दोष सावित गरेर फैसला गरेपनि नवलपुरको फैसलाको कारणले गर्दा नायक शाह कारागारमा नै बस्नु पर्नेछ । नवलपुर अदालतको फैसलाविरुद्ध पनि कलाकार शाहले उच्च अदालत पोखरामा निवेदन दिएका छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img