spot_img
Thursday, September 26, 2024
77.1 F
Washington DC.
spot_img

तौल बढ्यो ? घटाउन यती दुई योगासन गर्नुस न है !

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

तपाई हाम्रो स्वास्थकालागि योगासन गर्नु धेरै लाभदायक मानिन्छ। योगासन नियमित गर्नाले मस्तिष्कलाई स्थिर र शान्त बनाउँछ र शरीर र यसका अंगहरूलाई तन्दुरुस्त बनाउँछ। दैनिक जीवनमा आईपर्ने तनावबट मुक्ति मिल्नुका साथै शरीर स्वस्थ रहन्छ भने मन र आत्मा पनि शुद्ध हुन्छ । यदि तौल बढेर हैरान हुनुहुन्छ भने योग गरेर तौल घटाउन सकिन्छ ।

तपाईको शरीरको तौल बढेको छ भने सर्वप्रथम तौल बढ्नुको कारण बारे जानकारी लिन उचित हुन्छ। के तपाईको दैनिक आहार सन्तुलित छैन? वा कुनै रोगले गर्दा तौल बढेको हो ? योगमा श्वाससँग सम्बन्धित यस्ता धेरै अभ्यासहरू छन् र त्यस्ता आसनहरू छन् जसले मेटाबोलिजम बढाउँछ। योगले तपाईंको शरीरलाई लचिलो बनाउँछ, यसले मांसपेशीलाई पनि बलियो बनाउँछ। यदि तपाइँ तौल घटाउने सोचमा हुनुहुन्छ भने यी दुई मुख्य आसनहरू छन्, जसले तपाइँलाई मद्दत गर्न सक्छ।

१. भेकासन (भ्यागुतो आसन )
यस आसनलाई भ्यागुतो आसन पनि भनिन्छ। योगमा यसलाई कठिन आसन मानिन्छ। सुरुमा यो आसन जति सकिन्छ त्यति गर्नुहोस्। बिस्तारै पूरा गर्न प्रयास गर्नु होस् । यो आसन बिहानै गर्नुपर्छ। यदि तपाइँ यो आसन साँझमा गर्न चाहानु हुन्छ भने खाना खाएको कम्तिमा ४ देखि ६ घण्टा पछि मात्र गर्नुहोस्।

भेकासन

भेकासन गर्ने विधि

  • सबैभन्दा पहिले आफ्नो पेटलाई घोप्टे पारेर म्याटमा सुत्नुहोस्
  • अब बिस्तारै आफ्नो दूइ हातको नाडीको मद्दतले टाउको उठाउनुहोस्।
  • शरीरको माथिल्लो भागको दबाब तपाईको नाडीमा हुनेछ
  • यसपछि, बिस्तारै दाहिने घुँडा झुकाउनुहोस्।
  • यसबाट तपाईको पैतला तिघ्राको नजिक आउनेछ।
  • बायाँ खुट्टालाई दुवै हातले समातेर तिघ्रासम्म ल्याउनुहोस्
  • आफ्नो कुहिनो आकाशतिर घुमाएर आफ्नो खुट्टामा हात राख्नुहोस्।
  • अब बिस्तारै छाती माथि उठाउनुहोस्।
  • यसलाई आरामसँग गर्नुहोस्, यदि समस्या भएमा यसलाई जबरजस्ती नगर्नुहोस्।
  • अब गहिरो सास फेर्दै यस आसनमा ४५ देखि ६० सेकेन्डसम्म बस्नुहोस्।
  • यसपछि बिस्तारै शरीरलाई खुकुलो छोड्न थाल्नुहोस्।
  • अब पेटको सहाराले घोप्टे परेर सुत्नुहोस् र केही समय आराम गर्नुहोस्।
  • सास सामान्य भएपछि यो २-३ पटक गर्नुहोस्।

२ . मलासन
मल + आसन, अर्थात दिसा गर्दा बस्ने आसनलाई मलासन भनिन्छ।
यस आसनमा पेट र कम्मरको मांसपेशीमा दवाब (स्ट्रेच ) हुन्छ। यो अभ्यास नियमित गर्नाले ग्यास र कब्जियतको समस्याबाट मुक्ति मिल्छ । पेट फुल्ने र दुख्ने समस्याबाट राहत मिल्नुका साथै पेटको बोसो पनि हट्छ । मलासनले घुँडा, जोर्नी, ढाड र पेटको तनाव कम गर्छ र दुखाइ समेत कम गर्छ। सुरुमा यो आसन जति सकिन्छ त्यति गर्नुहोस्। बिस्तारै पूरा गर्न सकिनेछ।

मलासन

मलासन गर्ने विधि

  • यो आसन गर्नका लागि आफ्नो घुँडा झुकाएर दिशा गर्दा बस्ने आसनमा बस्नुहोस्।
  • बसिसकेपछि दुवै हात कुहिनोमा राख्नुहोस् र हत्केला जोडेर नमस्कार गर्ने मुद्रामा बस्नुहोस्।
  • यस पछि, बिस्तारै सास भित्र लिनुहोस् र बाहिर छोड्नुहोस्।
  • यस पोजिसनमा केही समय बसेपछि हात खोलेर उठ्नुहोस् ।
  • बिहान उठेपछि कम्तिमा १० मिनेटसम्म यसो गर्नुहोस्।
समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img