spot_img
Thursday, September 26, 2024
80.2 F
Washington DC.
spot_img

हिन्दि सिनेमा ‘पठान’को तूफानी यात्रा , बनायो अर्को कीर्तिमान

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भारतीय सिनेजगतका सुपरस्टार शाहरुख खानको फिल्म ‘पठान’ ले बक्स अफिसमा धेरै रेकर्ड तोडिरहेको छ । यो सिनेमा सन् २०२३ को सबैभन्दा सफल बनेको छ । सिनेमा रिलिज भएको ७ दिन भैसकेको छ भने ‘पठान’ ले बक्सअफिसमा लगातार रेकर्ड ब्रेक गर्दै तहल्का मचाइरहेको छ ।

भारतमा ‘पठान’ सबैभन्दा छिटो ३०० करोड क्लबमा प्रवेश गर्ने फिल्म बनेको छ । यसअघि यो रेकर्ड बाहुबली २ को हिन्दी संस्करणको नाममा थियो, जसलाई ३०० करोड पुग्न १० दिन लागेको थियो । तर शाहरुखको पठानले ७ दिनमै बक्स अफिसमा ३०० करोडको आँकडा पार गरेको छ ।

भारतीय २५ जनवरीमा रिलिज भएको पठानले पहिलो दिन ५५ करोड कमाएको थियो । दोस्रो दिन ६८ करोड, तेस्रो दिन ३८ करोड, चौथो दिन ५१.५० करोड, पाँचौं दिन ५८ करोड ५० लाख र छैटौं दिन २५ करोड ५० लाख कमाएको छ ।

फिल्मले सातौं दिनमा २१ करोड कमाएको छ । बलिउड हंगामाका अनुसार पठानको भारतमा ७ दिनको कुल कलेक्सन ३३० .२५ करोड रहेको बताएको छ । फिल्मले पाएको अत्याधिक प्रतिक्रियाले चाँडै ४०० करोडको आँकडा पार गर्ने सिने बिज्ञ हरुले अनुमान लगाएका छन ।

फिल्म ‘पठान’ भारतीय सिनेमाको सबैभन्दा ठूलो ओपनर फिल्म पनि बनेको छ । यस बाहेक पठान शाहरुख खानको करियरको सबैभन्दा धेरै कमाउने फिल्म पनि बनेको छ ।

सिद्धार्थ आनन्द निर्देशित ‘पठान’ मा शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका रहेको छ । यो फिल्म हिन्दी बाहेक तमिल र तेलुगु भाषामा पनि रिलिज भएको छ ।

विगत चार वर्षको बारेमा जानकारी गराउदै शाहरुख खानले सोमबार पत्रकार सम्मेलनमा भनेका थिए , “मसँग भएको चार वर्ष… कोभिडका राम्रा र नराम्रा पक्षहरू थिए। मैले काम गरिन । छोराछोरीसँगै थिएँ । मैले उनीहरूलाई हुर्केको देखेँ। मेरो पछिल्लो फिल्मले काम गरेन र अब मेरो फिल्म चल्दैन भनेर मानिसहरूले भनेका थिए । त्यसैले, मैले वैकल्पिक क्यारियरको बारेमा सोचें: इटालियन खाना पकाउने।”

उनले थपे, ‘यी चार दिनमा मैले मेरो पछिल्लो चार वर्ष बिर्सेको छु । शाहरुख खानले थप भने, ‘हामी तीन जनाले मिडियालाई भेटेका छैनौँ । हामीले यसलाई (पठान) कोविड-१९ को समयमा शूट गरेका थियौं। हामीले निकै मिहिनेत गर्यौं । हामी तीव्र रूपमा काममा थियौ। चलचित्रलाई धेरै समर्थन र मन पराइदिनु भएकोमा धन्यवाद। म केवल भन्न चाहन्छु यसमा सबै पक्षबाट धेरै माया प्राप्त भएको छ र हामी आभारी छौ । सिनेमा हलहरूको जीवन फिर्ता ल्याएकोमा हामी चलचित्र उद्योगको तर्फबाट धन्यवाद दिन्छौं।”

(एजेन्सीहरूबाट जानकारी सहित)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img