Monday, May 19, 2025
76.3 F
Washington DC.

अदानी समूहद्वारा २० हजार करोडको फलो-अन-पब्लिक अफरिङ (एफपीओ) रद्द , लगानीकर्ताहरूलाई पैसा फिर्ता गर्ने

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बुधबार अदानी इन्टरप्राइजेजको शेयरमा ठूलो गिरावट आएको छ । इन्ट्रा डे ट्रेडमा कम्पनीको शेयर लगभग ३५% ले घट्यो। त्यसपछि साँझ अदानी समूहले ठूलो निर्णय गर्दै आफ्नो फलो-अन-पब्लिक अफरिङ (एफपीओ) रद्द गर्ने घोषणा गरेको छ । कम्पनीले अब लगानीकर्ताको पैसा फिर्ता गर्ने निर्णय गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार कम्पनीको स्टक जनवरी २७ मा खुलेर जनवरी ३१ मा बन्द भएको थियो । तर आज फेरवरी १ मा कम्पनीले एफपीओ खारेज गरेको छ । यो निर्णयपछि अब कम्पनीले लगानीकर्तालाई रकम फिर्ता गर्ने भएको कम्पनीले आजै जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

यो पनि पढनु होस्: भारतको प्रख्यात अदानी समूहलाई तीन दिनमा ६५ बिलियन डलरको घाटा, गौतम अदानी धनीको सूचीबाट झरे

अदानी समूहसँग अमेरिकी सर्ट सेलर कम्पनी हिन्डनबर्ग रिसर्चसँग विवाद हुँदा यो कुरा प्रकाशमा आएको हो । हिन्डनबर्ग को रिपोर्ट सार्वजनिक भएपछि अदानी समूहका कम्पनीको शेयरमा लगातार गिरावट आएको छ । अदानी इन्टरप्राइजेजले २० हजार करोडको एफपीओ ल्याउनु अघि जनवरी २४ मा हिन्डनबर्गले यो रिपोर्ट जारी गरेको थियो। जसमा अदानी समूहमाथि “दशकौँदेखि स्टक हेरफेर र लेखा जालसाजी” मा संलग्न रहेको आरोप लगाएको थियो । तर, अदानी समूहले यी आरोपहरूलाई अस्वीकार गर्दै “झूट बाहेक केही नभएको” बताएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img