Friday, March 6, 2026
53.4 F
Washington DC.

अमेरिकी सेनाले क्यारोलिनाको तटमा शंकास्पद चिनियाँ जासूस बेलुनलाई खसाल्यो

राष्ट्रपति जो बाइडेनले अपरेशन अगाडि बढाउन आदेश दिए पछि अमेरिकी सेनाले चिनीया जासुस बेलुनलाई ढालेको थियो।

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाले एट्लान्टिक महासागरमा चिनियाँ जासुसीको शंकास्पद बेलुन लाई शनिवार खसालेको छ ।

राष्ट्रिय सुरक्षा अपरेसनका बीच उत्तर र दक्षिण क्यारोलिनाको तटमा रहेको हवाई क्षेत्र बन्द गरिएको थियो।

यसअघि अपरेसनका दौरानमा राष्ट्रिय सुरक्षा प्रयासमा रक्षा विभागलाई सहयोग गर्न फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) ले उत्तर र दक्षिण क्यारोलिनाका तीनवटा एयरपोर्टहरूलाई असर गर्ने ग्राउन्ड बन्द गरेको अधिकारीहरूले जनाएका थिए।

यो पनि पढनुहोसबेलुन प्रकरणले अमेरिका-चीन सम्बन्धमा नयाँ तनाव

अमेरिकी अधिकारीहरूले नाम नछाप्ने सर्तमा बोल्दै एसोसिएटेड प्रेसलाई बताए अनुसार राष्ट्रपति जो बाइडेनले अपरेशन अगाडि बढाउन आदेश दिए पछि अमेरिकी सेनाले चिनीया जासुस बेलुनलाई ढालेको थियो।

वरिष्ठ सैन्य अधिकारीले संचार माध्यमलाई बताए अनुसार अमेरिकी नौसेना र कोस्ट गार्ड जहाजहरू यस क्षेत्रमा भग्नावशेषको खोजी सुरु गर्दै रहेको र ४७ फिट मुनी पानीमा भग्नावशेष रहेकोले संकलन गर्न “सजिलो” हुने अपेक्षा गरिएको छ । तर सवै संकलन कार्य कहिले सकिन्छ भन्ने कुनै निश्चित समय उपलब्ध नभएको बताएका छन।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img