spot_img
Monday, May 20, 2024
78.9 F
Washington DC.
spot_img

बेलुन प्रकरणले अमेरिका-चीन सम्बन्धमा नयाँ तनाव

"पहिलो काम भनेको चीनिया जासूस बेलुनलाई हाम्रो हवाई क्षेत्रबाट बाहिर निकाल्नु हो। हामी त्यही कुरामा केन्द्रित छौं। र मलाई लाग्छ कि बेइजिङका वरिष्ठ विदेश नीति अधिकारी वाङ यीले म बाट सीधै यो कुरा सुन्नु धेरै महत्त्वपूर्ण हुनेछ ," - ब्लिन्केन

सम्बन्धित समाचार

यस साताको चीनिया जासूस बेलुनको घटनाले अमेरिका-चीन बिचको सम्बन्धमा नयाँ तनाव थपेको छ। विदेश सचिव एन्टोनी ब्लिन्केनले पूर्व निर्धारीत चीनको आफ्नो भ्रमणकालागि प्रस्थान गर्नु भन्दा केही घण्टा अघि मात्र अनिश्चितकालका लागि भ्रमण स्थगित गर्नु वाशिंगटनको आक्रोशको स्पष्ट सूचक मान्न सकिन्छ र दुई देशहरू बीचको पहिले देखिको तनावग्रस्त सम्बन्ध थप तात्न सक्ने आंकलन गर्न सकिन्छ ।

बाइडेन प्रशासनलाई कूटनीतिक चुनौती
ताइवान, व्यापार, कोभिड, प्रविधि र अमेरिकाले रुसको युद्धलाई समर्थन नगर्ने अडानका बीचमा चिसिएको अमेरिका-चीन बिचको सम्बन्ध स्थिर बनाउन प्रयासरत बाइडेन प्रशासनको लागि बर्तमानको चिनियाँ जासुसी बेलुन प्रकरणबाट कूटनीतिक चुनौती उत्पन्न भएको छ।

अमेरिका र चीनबीचको सम्बन्धमा तिक्तता लामो समयदेखि रहँदै आएको छ । वैचारिक दृष्टिकोणको भिन्नता र विश्वको महाशक्ति बन्ने चाहनाले दुई देशबीचको द्वन्द्वलाई नयाँ रूप दिएको छ । अमेरिका र चीनबीच सुरु भएको व्यापार युद्ध कोरोना युगमा चरम सीमामा पुगेको छ ।

विदेश सचिव एन्टोनी ब्लिन्केनले पूर्व निर्धारीत चीनको आफ्नो भ्रमणकालागि प्रस्थान गर्नु भन्दा केही घण्टा अघि मात्र अनिश्चितकालका लागि भ्रमण स्थगित गर्नु वाशिंगटनको आक्रोशको स्पष्ट सूचक मान्न सकिन्छ र दुई देशहरू बीचको पहिले देखिको तनावग्रस्त सम्बन्ध थप तात्न सक्ने आंकलन गर्न सकिन्छ ।

बेलुन अमेरिकाको मोन्टाना माथि ६० हजार फिटको उचाईमा तैरिरहेको
पेन्टागनका प्रेस सेक्रेटरी प्याट्रिक राइडरका अनुसार हिजो शुक्रबार दिउँसो सम्म अमेरिकाको मोन्टाना माथि उडिरहेको चिनियाँ जासूस बेलुन लगभग ६० हजार फिटको उचाइमा रहेको र अमेरिकाको केन्द्रमा पूर्व दिशामा तैरिरहेको थियो। उक्त बेलुनले व्यावसायिक उड्डयन, सैन्य सम्पत्ति तथा मानिसहरुमा कुनै असर नपारेको राइडरले शुक्रबारको पत्रकार सम्मेलन बताएका हुन् ।

राइडरका अनुसार उत्तर अमेरिकी एयरोस्पेस डिफेन्स कमाण्डले निगरानी जारी राखेको र अधिकारीहरुले विकल्पहरूको समीक्षा गरिरहेका छन्।

“बेलुनले अमेरिकी हवाई क्षेत्र र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको छ, जुन अस्वीकार्य छ,” उनले भने, अमेरिकाले धेरै तहमा चिनियाँ नेताहरूलाई यो जानकारी गराएको छ ।

बेलुनले जासुसी सामाग्रीहरुका साथसाथै पेलोड पनि बोकेको छ, राइडरले पेलोडको बारेमा बिस्तारमा बर्णन गरेनन ।

यस अवस्थामा बेलुनलाई झार्न नपर्ने कारणमा उनले भने ,ठूलो बेलुनको प्रहारबाट निस्कने भग्नावशेषले जमिनमा रहेका मानिसहरूका लागि हानिकारक हुन सक्ने र सम्पत्ति क्षति हुन जाने सम्भावना भएकाले बेलुनलाई नखसालिएको राइडरले प्रेस सम्मेलनमा बताए।

बेलुन सम्भवतः अर्को केही दिनसम्म अमेरिकामा तैरिरहने र आवश्यकता अनुसार यसबारे अद्यावधिकहरू प्रदान गरिने , उनले बताए ।

अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनको बेइजिङ भ्रमण स्थगन
अमेरिकी आकाशमा चिनियाँ जासुसी बेलुन देखिएपछि दुई देश (अमेरिका–चीन) बीचको तनाव थप बढेको छ । यस्तो अवस्थामा अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले आफ्नो बेइजिङ भ्रमण स्थगित गरेका छन् । ब्लिन्केनले अमेरिकी एयरस्पेसमा चिनियाँ जासुसी बेलुनबारे जानकारी आएपछि आफ्नो चीन भ्रमण स्थगित गरेको बताएकी छन् ।

ब्लिन्केनले फेब्रुअरी ५ र ६ मा दुई दिने चीन भ्रमण गर्ने कार्यक्रम रहेको थियो । यसक्रममा उनले रुस र युक्रेनबीच चलिरहेको युद्धबारे चिनियाँ अधिकारीसँग पनि छलफल गर्ने कार्यक्रम थियो । तर जासुसी बेलुनको खबर बाहिर आएपछि उनले आफ्नो यात्रा स्थगित गरेका थिए। ब्लिन्केनले अमेरिका र चीनले बेलुनलगायतका विभिन्न मुद्दाहरूमा वार्ता जारी राख्ने बताएका छन ।

ब्लिन्केनले भने कि बेलुनले अमेरिकी वायुक्षेत्र र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेकोमा जोड दिनु महत्त्वपूर्ण छ, जुन हामी अस्वीकार्य ठान्छौं। हामीले यसबारे चीनलाई जानकारी गराएका छौं। जासूस बेलुनले सिर्जना गरेको परिस्थितिले भ्रमणको उद्देश्यलाई कमजोर बनाएको छ। त्यसैले मैले यात्रा स्थगित गर्ने निर्णय गरें। तर, हामी चीनसँग वार्ता जारी राख्नेछौं।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले गत वर्ष अगस्टमा तत्कालीन अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको चीनले विरोध गरेपछि सेना र जलवायु परिवर्तन जस्ता धेरै विषयमा दुई देशबीचको वार्ता रोकिएको बताएका थिए । यस्तो अवस्थामा ब्लिन्केनले दुवै देशको सेना र जलवायु परिवर्तन जस्ता धेरै विषयमा छलफल गर्ने कार्यक्रम थियो ।

ब्लिन्केनको कडा टिप्पणी : अमेरिकी हवाई क्षेत्रको उल्लङ्घन अस्वीकार्य
अमेरिकाले शुक्रबार जासुसी बेलुनबारे चीनको भनाइलाई अस्वीकार गरेको छ। अमेरिकी हवाई क्षेत्रको उल्लङ्घन अस्वीकार्य भएको पनि कडा स्वरमा भनिएको छ । चीनिया जासूस बेलुन अमेरिकी आकाशमा देखा परेपछि यसलाई खसाल्न योजना बनाएता पनि सुरक्षा कारणले नाखासालिएको बताइन्छ ।

“चीनको अस्वीकार्य कार्यलाई मनन गर्दै म यो साताको अन्त्यमा चीनको मेरो योजनाबद्ध यात्रा स्थगित गर्दैछु,” ब्लिन्केनले शुक्रबार भनेका छन्। “राज्य विभागले सरकारका अधिकारीहरू र कांग्रेसका सदस्यहरूसँगको स्थितिको समीक्षा गरेपछि “यस समयमा रचनात्मक भ्रमणको लागि अवस्था अनुकूल नभएको ” निष्कर्ष निकालेको हो , ” ब्लिन्केनले स्पष्ट पार्दै संचार माध्यमलाई जानकारी गराए ।

यो समय खराब हुन सक्दैन, ब्लिन्केनले अगाडि भने , “मेरो नियोजित भ्रमणको पूर्वसन्ध्यामा चीनको गतिविधिले हामी ठोस छलफलहरूका लागि तयार हुनु हानिकारक छ।”

यात्रा रद्द गरे पनि आफ्ना चिनियाँ समकक्षीसंग अमेरिकाले बेइजिङसँग सञ्चारको लाइन खुला राख्ने ब्लिन्केनले बताए।

“पहिलो काम भनेको चीनिया जासूस बेलुनलाई हाम्रो हवाई क्षेत्रबाट बाहिर निकाल्नु हो। हामी त्यही कुरामा केन्द्रित छौं। र मलाई लाग्छ कि बेइजिङका वरिष्ठ विदेश नीति अधिकारी वाङ यीले म बाट सीधै यो कुरा सुन्नु धेरै महत्त्वपूर्ण हुनेछ ,” ब्लिन्केन भनेका छन् ।

शुक्रबार आफ्ना भनाईहरु राख्दै गर्दा ब्लिन्केनले सामान्य भन्दा कडारुपमा प्रस्तुत भएका थिए। उनले चीनलाई बढ्दो तनावबाट बच्न अमेरिकी प्रतिबद्धतासँग मेल खान आह्वान गरेका थिए।

“संसारले संयुक्त राज्य अमेरिका र चीनले आपसी सम्बन्धलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्ने अपेक्षा गर्दछ,” ब्लिन्केनले भने। उनले अगाडि भने “संयुक्त राज्यले त्यो जिम्मेवारीलाई झल्काउने तरिकामा आफ्नो कार्य गर्न जारी राख्नेछ। हामी हाम्रा चीनिया समकक्षहरूलाई त्यसै गर्न आग्रह गर्दछौ ।”

चिनियाँ विदेश मन्त्रालयले माग्यो माफी
आश्चर्यरुपमा चिनियाँ विदेश मन्त्रालयले ब्लिन्केनको भ्रमण स्थगनको घोषणा अघि शुक्रबार माफी मागेको छ, यो बेलुन अमेरिकी वायुक्षेत्रमा प्रवेश गरेकोमा “खेद छ” चिनियाँ विदेश मन्त्रालयले भनेको छ । चीनले बिरलै यसकिसिमको प्रतिक्रिया दिने गर्दछ। यद्यपि, अमेरिकी आकासमा बेलुनको उद्देश्यका बारेमा – “नागरिक मौसम अनुगमन” भन्ने चिनिया दाबीले बेलुनले सैन्य निगरानी गरिरहेको पेन्टागनको मूल्याङ्कनसँग सीधा विरोधाभास गर्दछ।
चिनियाँ विदेश मन्त्रालयले पनि बेलुनमा “सीमित” सेल्फ-स्टियरिङ क्षमता रहेको दाबी गरेको छ, जबकि एक वरिष्ठ अमेरिकी अधिकारीले विमानलाई चिनियाँ उपग्रहहरूले निगरानी (नेभिगेट) गरिरहेको बताएका छन्।

बेइजिङले अमेरिकासँगको निजी छलफलमा ती दाबीहरूलाई कायम राख्छ कि राख्दैन भन्ने स्पष्ट छैन। तथा , उक्त बेलुन्लाई अमेरिकी एयरस्पेसबाट हटाउने प्रयासमा कुन हदसम्म सहयोग गरिरहेको छ भन्ने पनि स्पष्ट छैन ।

साथै, ब्लिन्केनको स्थगन भएको चीन भ्रमणलाई पून कायम राखी दुई देश बिचको छलफलका लागि चीनले के कस्ता सर्तहरू पूरा गर्नुपर्नेछ र बेइजिङले अन्य कूटनीतिक परिणामहरूको सामना गर्दछ कि गर्दैन भन्ने हेर्न बाकि नै छ । यसबारेमा शुक्रबार ब्लिन्केनले ‘समय भै नसकेको’ भन्दै थप प्रतिक्रिया दिन अस्वीकार गरेका थिए , त्यसबेला बेलुन अझै अमेरिकाको आकासमाथि नै थियो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img