Friday, March 6, 2026
51.9 F
Washington DC.

भारतको आसममा बालविवाह गर्ने २२ सय भन्दा बढि पक्राउ – ४ हजारभन्दा बढीलाई मुद्दा

राज्य सरकारले १८ वर्षको उमेर भन्दा पहिले केटीलाई गर्भाधान गराउने सबैलाई पोस्को ऐन अन्तर्गत मुद्दा दर्ता गर्ने निर्णय गरेको छ। पोस्को ऐन अन्तर्गतको यस्तो कसुरमा आजीवन कारावाससम्मको सजाय हुन सक्ने बताईन्छ ।

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मुख्य समाचार
भारतको आसममा बालविवाह गर्ने २२ सय भन्दा बढिको गिरफ्तारी
चार हजार भन्दा बढी मुद्दा दायर
बालबालिकाको संरक्षण (पोक्सो) ऐन र बालविवाह निषेध ऐन अनुसार बालिकासँग विवाह गर्नेलाई आजीवन जेल सजाय हुने

भारतको आसममा बालविवाह गर्ने २२ सय भन्दा बढी पुरुष हरुलाई प्रहरीले पक्राउ गरेको छ। आसाम सरकारले बालविवाह गर्नेलाई कडा कारबाही गर्न यसअघि नै आदेश दिएको थियो। त्यस अनुसार शुक्रबार देखि कारवाहीको प्रक्रियालाई तिब्रताका साथ् अगाडि बढाएको छ।

आसाम सरकारले स्वास्थ्य विभाग मार्फत आधिकारिक सर्वेक्षणबाट प्राप्त भएको तथ्याङ्क पछि बालविवाहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । जसमा आसाममा औसत ३१ प्रतिशत केटीको विवाह १८ वर्षको उमेर नपुग्दै गरेको पाइएको थियो । राज्य सरकारले १८ वर्षको उमेर भन्दा पहिले केटीलाई गर्भाधान गराउने सबैलाई पोस्को ऐन अन्तर्गत मुद्दा दर्ता गर्ने निर्णय गरेको छ। पोस्को ऐन अन्तर्गतको यस्तो कसुरमा आजीवन कारावाससम्मको सजाय हुन सक्ने बताईन्छ ।

भारतको आसमका मुख्यमन्त्री हिमन्त विश्व शर्मा बालविवाहमाथि प्रतिबन्ध लगाउने विषयमा पूर्ण रूपमा सक्रिय छन्। बिहीबार मुख्यमन्त्री हिमन्तले राज्यभर चार हजारभन्दा बढी बालविवाहका मुद्दा दर्ता भएको बताएका छन् । साथै आगामी दिनमा प्रहरीको कारबाहीलाई तिव्रता दिने समेत बताए । ट्विटरमा आसाम पुलिस रिपोर्ट सेयर गर्दै शर्माले लेखेका छन् , “आसाम सरकार राज्यमा बालविवाह अन्त्य गर्न पूर्ण रूपमा दृढ छ। हालसम्म आसाम प्रहरीले राज्यभर ४,००४ मुद्दा दर्ता गरेको छ। मुख्यमन्त्रीको भनाइअनुसार शुक्रबार बिहानैदेखि यी घटनामा कारबाही भइरहेको छ । जसका कारण हालसम्म २२ सय भन्दा बढि बालविवाह गर्ने पुरुषहरु पक्राउ परेका छन् । सीएम शर्माले आसामका जनतालाई अपिल गर्दै सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

आसाम सरकारले बालविवाह गर्नेलाई कडा कारबाही गर्न यसअघि नै आदेश दिएको थियो। जसमा भनिएको थियो, ‘नाबालिग केटीसँग विवाह गर्नु कानुनविपरीत मात्र होइन, बरु यसले बालिकाको मौलिक अधिकार हनन गरेको छ । यो उनीहरुको स्वास्थ्यको लागि धेरै खतरनाक छ। जारी गरिएको आदेशमा यौन अपराधबाट बालबालिकाको संरक्षण (पोक्सो) ऐन र बालविवाह निषेध ऐन अनुसार यस्ता बालिकासँग विवाह गर्नेलाई आजीवन जेल सजाय हुने उल्लेख छ।

भारतमा प्रत्येक वर्ष १८ वर्ष मुनिका १५ लाख केटीहरूको विवाह हुने अनुमान गरिएको छ, जुन विश्वको सबैभन्दा ठूलो आकडा हो अर्थात विश्वको कुलको एक तिहाइ हो। १५ देखि १९ वर्ष उमेर समूहका १६ प्रतिशत बालिका विवाहित भएको युनिसेफले जनाएको छ ।

सन् २००५–२००६ देखि २०१५–२०१६ सम्ममा १८ वर्षअघि विवाह गर्ने बालिकाको अनुपात ४७ प्रतिशतबाट घटेर २७ प्रतिशतमा झरेको भए पनि अझै उच्च रहेको युनिसेफको रिपोर्टले जनाएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img