spot_img
Friday, September 27, 2024
74.3 F
Washington DC.
spot_img

कान्तिपुर : रविको शैली “टोलेगुन्डाको जस्तो”, तर आफुलाई लागेको आरोपमा कान्तिपुर मौन

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने यतिबेला अत्याधिक चर्चाको शिखरमा छन्। उनी चर्चामा आउनुको कारण हो – रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकको सरकारबाट बाहिरिने निर्णयका बारेमा जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा दिएको बिष्फोटक अभिव्यक्ति र ठुला मिडियाहरुको कडा आलोचना ।

रवि लामीछाने पत्रकार सम्मेलनमा हिजो दिएको विस्फोटक अभिव्यक्तिप्रति आज दिनभरी नै कान्तिपुर दैनिक रवि लामिछाने माथि खनिएको छ। लामिछानेलाई एउटा जिम्मेवार नेता यसरी टोलेगुन्डा जसरी प्रस्तुत हुने होइन भन्दै सोलोडोलो सबैलाई एकै घानमा मुछ्न पनि पाइँदैन/हुँदैन  भनेको छ।

कान्तिपुरको छटपटी :

रविलाई टोलेगुन्डा जसरी प्रस्तुत हुने होइन भन्दै उपदेश दिने कान्तिपुरले आफ्नो होस् हवास गुमाउदै यसरी बर्बराएको छ :
“समय छ, लामिछाने सुध्रिऊन्, आफ्ना गल्तीहरूप्रति प्रायश्चित गरून् र उक्त घृणास्पद अभिव्यक्ति फिर्ता लिऊन् । नेता भएपछि आलोचना र प्रश्नहरू सहन सिकून्; सके त्यसबाट शिक्षा लिऊन्, नसके पनि वैरभावचाहिँ नराखून् । र, मुख्य कुरा त चुनावी जितको अनावश्यक उन्माद त्यागून् । २०६४ सालको निर्वाचनमा विजयी भएपश्चात् दम्भ नबढेको र सम्हालिन जानेको भए अहिले माओवादीको कद सायद यति सानो हुँदैनथ्यो, लामिछानेले यही उदाहरणबाट पनि सिकून् र आफूलाई सम्हालून् । मिडिया चलाउनेले आफूसित चुनाव उठेर देखाऊन् भन्ने केटाकेटी उर्दी अब फेरि नदोहोर्‍याऊन् । कुनै पनि आधुनिक राष्ट्रमा दलीय राजनीति र मिडियाको आ–आफ्नै विशिष्ट भूमिका हुन्छ भन्ने तथ्य राम्ररी हेक्का राखून् ।”

रविलबाट भएको भण्डाफोर पश्चात कान्तिपुरले चार वटा सामाग्रीहरु प्रकाशन गरेको छ तर आफुलाई लगाएको आरोप का बारेमा चु सम्म बोलेको छैन। कान्तिपुरबाट प्रकाशित सबै सामाग्रीहरुमा रविलाई काउण्टर दिने प्रयास गरेको पाईन्छ।

कान्तिपुरले छापेका सम्बन्धित समाचारहरू :

  • रविले देखाए वास्तविक छवि
  • रविलाई दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?
  • प्रेसविरोधी अभिव्यक्तिको चौतर्फी आलोचना
  • रविको रवैयामा ओलीको ऐक्यबद्धता

सामाजिक संजालमा अधिकांस कान्तिपुरका विरुद्ध कमेन्टस
आजका माथि उल्लेखित समाचार सामाग्रीहरुबाट कान्तिपुरप्रति मानिसहरु रुष्ट भएका छन्। सामाजिक संजालमा पाठकहरुले कान्तिपुरप्रति रोष प्रकट गरेका छन्। फेसबुक र ट्वीटरका प्रयोगकर्ताहरुले रविसंग सम्बन्धित कान्तिपुरका प्रकाशनमा अधिकांसले कान्तिपुरका विरुद्ध कमेन्ट लेखेका छन् । कान्तिपुरले केही पाठक वा फलोअर्स गुमाउनसक्ने विश्लेषण गरिएको छ ।

यो पनि पढनु होस् – रविले गरे भण्डाफोर : कान्तिपुरका मालिकसँग सम्वन्धित गोप्य घटनाहरू सार्वजनिक

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img