spot_img
Friday, November 22, 2024
34.8 F
Washington DC.
spot_img

संसारको टाउको दुखाई बनेको महिलाको यौनाङ्ग विच्छेदन कुप्रथा के हो ?

आज जीवित २० करोड भन्दा बढी युवती र महिलाहरू यौनाङ्ग विच्छेदनबाट पिडित यो प्रथाले युवतीहरूको मानवअधिकारको उल्लङ्घन र लैङ्गिक भेदभावको चरम रूप लिएको भन्दै यसको निर्मूलका लागि अन्तर्राष्ट्रिय जगतले एक्यबद्द्ता देखाएका छन ।

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मुख्य तथ्यहरू

  • अफ्रिका, मध्य पूर्व र एसियाका ३० देशहरूमा जहाँ महिलाको यौनाङ्ग विच्छेदन (एफजियम) को अभ्यास गरिन्छ।
  • आज जीवित २० करोड भन्दा बढी युवती र महिलाहरू यौनाङ्ग विच्छेदन बाट पिडित छन्।
  • यौनाङ्ग विच्छेद प्रायः बाल्यकालदेखि १५ वर्षको उमेरका केटीहरूमा गरिन्छ।
  • यौनाङ्ग विच्छेद गर्नु बालिका र महिलाहरूको मानव अधिकारको उल्लङ्घन हो।
  • यौनाङ्ग विच्छेदबाट उत्पन्न स्वास्थ्य जटिलताहरूको उपचारका लागि स्वास्थ्य प्रणालीका लागि प्रति वर्ष १४० करोड अमेरिकी डलर खर्च गर्ने अनुमान गरिएको छ।
  • यो प्रथा उन्मूलनका लागि तत्काल कदम चालिएन भने संख्या बढ्ने अपेक्षा गरिएको छ।

यौनाङ्ग विच्छेदनको कार्य अहिले सम्मको आधुनिक संसारमा एउटा इतिहास बनिसकेको हुनु पर्ने हो । तर दुर्भाग्यवश यस्तो अवस्था छैन। आज जनवरी ६ लाई “महिलाको यौनाङ्ग विच्छेदनका लागि शून्य सहिष्णुताको अन्तर्राष्ट्रिय दिवस” का रूपमा मनाइन्छ किनभने यो समाप्त हुन सकेको छैन।

यदि तपाईंले सोच्नुभएको छ कि यो जघन्य कार्य विश्वका केही भागहरूमा गरिएको भन्ने लागेको भए तपाईंले यो पढ्दै गर्दा छिमेकी भारत मै एउटी जवान युवती उनको यौनाङ्ग काटिएको हुनाले पीडाले चिच्याइरहेको हुन सक्ने अवस्था विद्यमान छ।

हरेक वर्ष, संयुक्त राष्ट्र संघले फेब्रुअरी ६ लाई महिलाको यौनाङ्ग विच्छेदका लागि शून्य सहनशीलताको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने गर्दछ। महिला यौनाङ्ग विच्छेदन (एफजीएम ) को डरलाग्दो कुप्रथा विरुद्ध लड्न र यस प्रथाको बिरूद्ध अडान लिनका लागि संगठन, पीडित र सरोकारवालाहरूलाई मञ्च प्रदान गर्ने उद्देश्यले यो दिवस मनाइन्छ।

यस वर्ष महिलाको यौनाङ्ग विच्छेदन उन्मूलन सम्बन्धी विषय “पुरुष र केटाहरूसँग साझेदारी सामाजिक र लैङ्गिक नियमहरू परिवर्तन गर्न एफजीएम अन्त्य गर्न” रहेको छ।

‘खतना’-‘फिमेल जेनिटल म्युटिलेसन (एफजीएम) अर्थात ‘महिलाको यौनाङ्ग विच्छेदन ‘ भनेको के हो?
महिलाको यौनाङ्ग विच्छेद गर्ने चलनलाई महिला यौनाङ्ग विच्छेदन, वा एफजियम भनिन्छ। यस प्रक्रियामा महिलाको बाहिरी यौनाङ्गलाई जानाजानी काटिन्छ वा हटाइन्छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार चिकित्सा कारणविना महिलाको यौनाङ्ग अंगहरूलाई परिवर्तन गर्ने वा चोट पुर्याउने, क्षति पुर्याउने कुनै पनि प्रक्रिया यस श्रेणीमा पर्दछ । यो प्रक्रियाले केटी र महिलालाई शारीरिक मात्र होइन मानसिक हानि पनि पुर्‍याउँछ। साथै, यस प्रथाले कुनै न कुनै प्रकारको स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ भन्ने यस प्रथाका समर्थकहरूको मानसिकता पूर्णतया गलत र आधारहीन छ ।

महिला यौनाङ्ग विच्छेदन, जसलाई मुसलमानको बोहरा समुदायले ‘महिला खतना’ भन्ने गर्दछन। खतनामा ६ र ७ वर्षका केटीहरूको यौनाङ्गलाई सुँडेनी र परम्परागत व्यवसायीहरूले काट्ने कुप्रथा हो। असुरक्षित, अस्वच्छ विधिहरू र अव्यावहारिक, अमानवीय तर्कहरू प्रयोग गरेर, यो कुप्रथा भारत लगायत विश्वका विभिन्न भागहरूमा गरिन्छ।

विश्व स्वास्थ्य संगठनले अफ्रिका, मध्य पूर्व र एसियाका ३० देशहरू जहाँ एफजीएमको अभ्यास गरिन्छ, आज जीवित २० करोड भन्दा बढी केटीहरू र महिलाहरूले कुनै न कुनै रूपमा यौनाङ्ग विच्छेदनबाट पिडित भएको जनाएको छ । यसका अलावा , प्रत्येक वर्ष अनुमानित ३० लाख केटीहरू यौनाङ्ग विच्छेदनको जोखिममा छन्, जसमध्ये अधिकांशलाई १५ वर्षको उमेर नपुग्दै काटिन्छ।

संयुक्त राष्ट्रको प्रतिवेदनका अनुसार बाल्यकालदेखि १५ वर्षसम्मका केटीहरूमा प्रायः महिलाको यौनाङ्ग विच्छेदनको गरिने अभ्यास यदि यसैगरी जारी रह्यो भने, सन् २०३० सम्ममा १५ र १९ वर्षका बीचका थप १५० लाख युवतीहरू यसको सिकार हुनेछन्।

अमेरिकामा ५ लाख १३ हजार भन्दा बढी युवतीहरू एफजीएमको जोखिममा
अनुसन्धानकर्ताहरूको अनुमान अनुसार अमेरिकामा मात्र ५ लाख १३ हजार भन्दा बढी युवतीहरू र महिलाहरू एफजीएमको जोखिममा छन् वा त्यसको अनुभव गरेका छन्।

यौनाङ्ग विच्छेद किन गरिन्छ?
महिलाको यौनाङ्ग विच्छेद गर्ने प्रचलन हजारौं वर्षदेखि चलिआएको छ र यसलाई गरिनुको पछाडिको कारण क्षेत्र अनुसार र संस्कृति अनुसार फरक-फरक पाईएको छ । यसलाई ठाउँ अनुसारको अन्धबिस्वास एक परम्पराको रुपमा हेरिन्छ । यो प्रथा अफ्रिकाका धेरै देशहरूमा लोकप्रिय छ। धेरै इस्लामिक देशहरूले पनि यसलाई पछ्याएको पाइन्छ । यसले केटीहरूको यौन इच्छालाई मार्ने विश्वास गरिन्छ। डब्ल्यूएचओको रिपोर्टका अनुसार, “कुनै पनि धार्मिक ग्रन्थहरूले यस अभ्यासलाई तोके तापनि यो अभ्यासलाई धार्मिक समर्थन छ भनेर केही मानिसहरू विश्वास गर्छन्। धार्मिक नेताहरूले यौनाङ्ग विच्छेदको सन्दर्भमा फरक-फरक मत राखेका छन् तर केहीले यसलाई परित्याग गर्न योगदान पनि दिएका छन् ।”

यो प्रथाले युवतीहरूको मानवअधिकारको उल्लङ्घन र लैङ्गिक भेदभावको चरम रूप लिएको भन्दै यसको निर्मूलका लागि अन्तर्राष्ट्रिय जगतले एक्यबद्द्ता देखाएका छन । सहमतिविना युवा युवतीमाथि यस्तो अभ्यास भइरहेकोले बालबालिकाको अधिकारको हनन भएको अधिकार कर्मीहरुको ठहर छ ।

के यो सुरक्षित छ?
होइन, महिला खतना बिल्कुल सुरक्षित छैन र यसले संक्रमणको जोखिम मात्र बढाउँदैन, गम्भीर अवस्थामा यो घातक पनि साबित हुन सक्छ। डब्ल्यूएचओले संयुक्त राष्ट्रसंघको पहलमा सन् २०३० सम्ममा विश्वले महिलाको यौनाङ्ग विच्छेद गर्ने प्रथा समाप्त गर्ने लक्ष्य राखेको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अदानी समूहमाथि घुसखोरीको आरोप: २५ करोड डलरभन्दा बढी घूस प्रस्तावको आरोप

अमेरिकी सिक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले भारतीय उद्यमी गौतम अदानी, उनका भतिज सागर अदानी, र सिरिल कबान्सविरुद्ध बहु-अर्ब...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img