spot_img
Friday, May 17, 2024
61.9 F
Washington DC.
spot_img

आहा … जाडोमा हर्बल चिया

सम्बन्धित समाचार

आजकाल जडिबुटी चिया अर्थात हर्बल चियाको सेवन हलक्कै बढेर गएको छ। चिसो मौषम वा जाडोको दिनमा तातो चिया जस्तो कुनै चीजले तपाईंको शरीर लाई न्यानो पार्दैन। शरीरलाई भित्रबाट तातो राख्ने न्यानो पेयपदार्थ जाडोसँग सम्बन्धित छ । लोकप्रिय पेय चियाको सेवन विशेष गरी चिसो महिनाहरूमा धेरै हुन्छ। चिया हाम्रो दैनिकीको अपरिहार्य बनेको छ , चाहे त्यो मसाला चिया होस्, ग्रिन टि होस्, लेमनग्रास चिया होस्, क्यामोमाइल चिया होस्, अदुवाको चिया होस् वा अन्य कुनै हर्बल चिया होस्। जाडोमा जडिबुटी चिया पिउनुका कारण र यसबाट हुने फायदा लाई हेरौ ।

१ . चिसो र खोकीमा सहयोगी
जाडोको समयमा, मानिसहरूलाई रुघाखोकीले सताउने गर्दछ , र तातो चिया पिउनाले हामीलाई न्यानो राख्न मद्दत गर्दछ। अझ खोकी लाग्दा तातो चियाले सन्चो गरेको महसुस हुन्छ। मसला भएको चियाले सामान्य रुघाखोकीमा मद्दत गर्न सक्छ। एक कप अदुवा, बेसार वा दालचीनी चियाले रुगाखोकीका लक्षणहरू कम गर्न मद्दत गर्दछ।

२ . पाचनक्रियामा सहयोगी
जाडोमा यता उता जाने बाताबरण नहुदा ,चुपचाप बस्दा वा शारीरिक क्रियाकलाप जस्तै ब्यायाम नगर्दा पाचन सम्बन्धी समस्या हुने सम्भावना बढ्छ । त्यस अवस्थामा अदुवाको चिया, पुदिना वा स्टार एनिज चिया पिउन सकिन्छ जसले पाचन र ग्यास्ट्रोइंटेस्टाइनलबाट उत्पन्न असुविधामा मद्दत गर्न सक्छ।

३ . रक्तसञ्चारमा सहयोगी
जाडोभरी निष्क्रियताका कारण हाम्रो शरीर कठोर हुन्छ र रक्तसञ्चारमा बाधा पुग्छ । रगतमा चिनीको मात्रा नियन्त्रण गर्नुका साथै दालचीनी चिया र क्यामोमाइल चिया पिउनाले आन्तरिक रक्तसञ्चार सुधार गर्न मद्दत गर्छ।

४ . सुन्निने र दुखाइ कम गर्दछ
सुन्निने र दुखाइ कम गर्न न्यानो मिश्रणहरू बनाएर पिउन सकिन्छ। तुलसीको पत्ता र केसरका साथ हर्बल चिया पिउने वा उमालेको पानीको भाँडोमा केही ल्याङ्ग मिसाएर पिउदा शरीर सुन्निने र दुखाइ कम गर्न मद्दत गर्दछ।

५ . ऊर्जा बढाउँछ
मसला चियालाई प्राकृतिक उर्जा बूस्टरको रूपमा प्रयोग गर्न सकिन्छ जसमा कुनै नराम्रो साइड इफेक्ट हुदैन किनभने यसमा आवश्यक पोषक तत्व र खनिजहरू प्रशस्त मात्रामा पाइन्छ। एनर्जी ड्रिंक्समा सामान्यतया ठूलो मात्रामा क्याफिन हुन्छ, जुन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img