Saturday, May 17, 2025
86.8 F
Washington DC.

बाल्टिमोरमा आशेष डंगोल ​​”द हिमालयन हेन्ड्रिक्स” लाइभ कन्सर्ट हुदै

सन् २०१० मा उनको युरोप भ्रमणका क्रममा नर्वेली र जर्मन प्रेसले आशेषलाई “द हिमालयन हेन्ड्रिक्स” उपाधि दिएका थिए । सन् २०१५ मा संगीत र सामाजिक कार्यमा उनको योगदानको लागि कोलोराडो म्युजिक बिजनेस अर्गनाइजेसन, कोलोराडोले उनलाई सम्मानित गरेको थियो।

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

यदि तपाईंले लोकप्रिय नेपाली गितारवादक आशेष डंगोललाई प्रत्यक्ष देख्नु भएको छैन र उनको सङ्गीत सुन्नु भएको छैन भने उनीसंगै उनको सङ्गीतमा रमाउन सक्नु हुनेछ । आशेष यहि फेब्रुअरी महिनाको १८ तारिखमा आफ्नो साङ्गेतिक कार्यक्रम लिएर बाल्टिमोर आउदै छन्।

नेपाली गितारवादक आशेष डंगोल उर्फ ​​”द हिमालयन हेन्ड्रिक्स” ले यसअघि नै विश्वका ११ विभिन्न देश र १२ भन्दा बढी अमेरिकाका राज्यहरूमा भ्रमण गरिसकेका छन्। उनले अलामार २००७ म्युजिक फेस्टिभल, स्पेन लगायत धेरै सङ्गीत महोत्सवहरू आयोजना गरेका छन्। उनले एडिनबर्ग मेला २०११ , स्कटल्याण्ड; हेर्जबर्ग महोत्सव २०११ , जर्मनी संगीत महोत्सव, नर्वे २०१० /२०११ र २०१६ लगायत धेरै सांगेतिक महोत्वस गर्दै आएका छन् ।

आशेष डंगोल / तस्बिर देबी राणा

सन् २०१० मा उनको युरोप भ्रमणका क्रममा नर्वेली र जर्मन प्रेसले आशेषलाई “द हिमालयन हेन्ड्रिक्स” उपाधि दिएका थिए । सन् २०१५ मा संगीत र सामाजिक कार्यमा उनको योगदानको लागि कोलोराडो म्युजिक बिजनेस अर्गनाइजेसन, कोलोराडोले उनलाई सम्मानित गरेको थियो। सन् २०१० र २०१६ मा हिट्स एफएम म्युजिक अवार्डमा बिभिन्न विधाहरुमा उनी मनोनित भएका थिए ।

आशेषले बैटल अफ द ब्यान्ड्स, युके लगायत नेपालमा हुने धेरै सांगीतिक प्रतियोगिताको निर्णायकको भूमिका समेत निर्वाह गरेका छन् । अमेरिकाको स्कुल अफ रकमा संगीत शिक्षकको रुपमा पनि काम गरिसकेका छन् । उनका ६ बटा संगीत एल्बमहरू छन् जसमध्ये हाल २०२२/२३ मा “सबै सुन्दर सपनाहरू” संयुक्त राज्य अमेरिका भ्रमण नामक अल्बम बाहिर ल्याएका छन । उनी पुरानो र चर्चित ब्यान्ड “नेखवाम” को अग्रगामी व्यक्ति पनि हुन् जुन १९९४ मा स्थापना भएको थियो।

आशेष यहि फेब्रुअरी महिनाको १८ तारिखमा आफ्नो साङ्गेतिक कार्यक्रम लिएर बाल्टिमोर आउदै छन्। उनको सङ्गीतमा रमाउन यस लिङ्कमा गएर टिकट बुक गर्नु पर्ने छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सर्वोच्च अदालतद्वारा रविन्द्र मिश्रलाई रिहा गर्न आदेश- शक्ति केन्द्रको आडमा निर्दोष व्यक्तिलाई कसरी सताइञ्छ भन्ने स्पष्ट उदाहरण

सर्वोच्च अदालतले राष्ट्रीय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश डा. कुमार चुडाल र...

अन्य समाचार

- Advertisement -spot_img