spot_img
Friday, September 27, 2024
74.3 F
Washington DC.
spot_img

आइफ़ोनमा स्पेस फुल भयो? यसो गर्नुस

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

यदि तपाईको आईफोनको स्पेस फुल भएर तपाईलाई धेरै समस्या भएको छ भने, आउनु होस् तपाईलाई हामि एउटा टिप्स दिन्छौ। तपाईले यस लेखमा सिकाइए अनुसारको बिधि अपनाउनु भयो भने अवस्य पनि फ्नो समस्या बाट मुक्ति पाउने हुनेछ। तपाईको फोनमा एउटै फोटो वा भिडियो धेरै संख्यामा डाउनलोड भएको हुन् सक्छ । त्यसैले यस विधिमा तपाईले आफ्नो फोनमा धेरै संख्यामा रहेका एउटै फोटो वा भिडियो (डुप्लिकेट फोटो र भिडियोहरू ) तुरुन्तै हटाई एउटा मात्र राख्न सक्नु हुनेछ

डुप्लिकेट फोटो र भिडियोहरू हटाउने बिधि :

  • आफ्नो आईफोनको होम पेजबाट फोटो एपमा जानु होस् ।
  • फोटो एप भित्र ‘एल्बम्स’ मा जानुहोस्।
  • एल्बम्सलाई स्क्रोल गरेर ‘युटिलिटीज’मा जानुहोस्।
  • यहाँ ‘डुप्लिकेट्स’ लेखिएको देखिने छ , यसमा क्लिक गर्नुहोस्।
  • यसो गरेपछि स्क्रिनमा ‘मर्ज’ का साथै डुप्लिकेट फोटो र भिडियोहरू सानो आइकनमा देखिने छन्।
  • अब एडिट गरेर सेलेक्ट अल गर्नु होस्।
  • अव मर्जमा ट्याप गर्ना साथ् छानिएका सबै डुप्लिकेट फोटो र भिडियोहरू मर्ज हुनेछन ।
  • डुप्लिकेट फोटो र भिडियोलाई एक एक गरेर मर्ज गर्न सकिने छ।
  • तर , सबै डुप्लिकेट फोटो र भिडियोलाई एकै पटक मर्ज गर्न सेलेक्ट अल गरेर सबैलाई मर्ज गर्न सकिन्छ।
  • सबै मर्ज भै सकेपछि काम नलाग्ने अन्य डुप्लिकेट फोटो वा भिडियोहरू डिलिट सेक्सनमा बस्ने छन् , तपाइले ति फोटो र भिडियो हरुलाई चाहिएमा रिकभर गर्न सक्नु हुनेछ।
समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img