Friday, March 6, 2026
53.4 F
Washington DC.

भारतीय सर्वोच्च अदालतले सिक्किमको नेपाली समुदायलाई आप्रवासी घोषणा गरेकोमा सच्यायो आफ्नो टिप्पणी

जनवरी १३ मा सर्वोच्च अदालतले सिक्किमका बासिन्दाहरूलाई आयकर छुट दिने सम्बन्धमा मुद्दाको सुनवाई गर्‍यो। यसै क्रममा सर्वोच्च अदालतले आफ्नो आदेशमा सिक्किमका नेपालीलाई ‘विदेशी मूल’ का हुन भनेको थियो। अदालतले यी मानिसहरू सिक्किममा आएर बसोबास गरेको बताएको थियो।

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भारतको सर्वोच्च अदालतले हालै सिक्किमका नेपालीहरूलाई आप्रवासी घोषणा गरेको थियो। यो टिप्पणीलाई लिएर नेपाली समुदायले तिब्र बिरोध गर्दै आएका थिए । यसका लागि केन्द्र सरकार सर्वोच्च अदालत पुगेको थियो।

जनवरी १३ मा सर्वोच्च अदालतले सिक्किमका बासिन्दाहरूलाई आयकर छुट दिने सम्बन्धमा मुद्दाको सुनवाई गर्दा आफ्नो आदेशमा सिक्किमका नेपालीलाई ‘विदेशी’ हुन भनेको थियो। अदालतले यी मानिसहरू सिक्किममा आएर बसोबास गरेको बताएको थियो। तर, सर्वोच्च अदालतले अहिले यो टिप्पणी फिर्ता लिएको छ ।

अदालतको भनाइबाट दुखित नेपाली समुदायले विरोध प्रदर्शन गरिरहेका थिए । हालै गृहमन्त्री अमित शाहले जनतालाई शान्ति र सद्भाव कायम राख्न अपील गरेका थिए । उनले यस विषयमा सर्वोच्च अदालत जाने आश्वासन दिएका थिए । केन्द्र र राज्य सरकारले छुट्टाछुट्टै रिट दायर गर्दै ‘विदेशी’ भन्ने शव्द सच्याउन सार्वोच्चसँग माग गरेको थियो । बुधबार सर्वोच्चको विशेष सुनुवाइले उक्त शव्द हटाउने निर्णय गरेको हो ।

न्यायाधीशद्वय एमआर साह र भीवी नागरत्नको संयुक्त इजलासपछि शव्द हटाउने निर्णय भएको हो ।आज सरकारको तर्फबाट एसजी तुषार मेहताले सर्वोच्च अदालतको फैसलाले सिक्किमका नेपाली समुदायलाई गहिरो चोट लागेको बताए । तर, सर्वोच्च अदालतले यो टिप्पणी फिर्ता लिने निर्णय गरेपछि नेपाली समुदायमा खुसीको झलक देखिएको छ ।

अदालतले यो टिप्पणी फिर्ता लिने निर्णय गरे संगै यस मुद्दामा संलग्न वकिलहरूले नेपाली समुदायलाई चोट पुर्‍याएकोले नेपाली समुदायसंग माफी माग्न पनि भनेको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img