spot_img
Thursday, September 26, 2024
74.3 F
Washington DC.
spot_img

अमेरिकी अर्थतन्त्र विश्वको सबैभन्दा सफल – अमेरिकी राष्ट्रपति जो बाइडेन

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार राति स्टेट अफ द युनियनलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले चीन, युक्रेन र अमेरिकी अर्थतन्त्रका बारेमा चर्चा गरेका थिए । आफ्नो सम्बोधनमा जो बाइडेनले चीनलाई सीधै चेतावनी दिँदै हाम्रो एकतामा ठेस पुगेमा उचित जवाफ दिन नछुटाउने बताए। यो अमेरिकी प्रतिनिधि सभामा उनको दोस्रो सम्बोधन थियो र अमेरिकी प्रतिनिधि सभामा आफ्नो बहुमत गुमाएपछि पहिलो पटक हो।

नोभेम्बरको मध्यावधि चुनावपछि रिपब्लिकनहरूले च्याम्बरको नियन्त्रण लिएपछि पहिलो पटक प्रतिनिधि सभाको रोस्ट्रमबाट बोल्दै बाइडेनले सदनका सभामुख केभिन म्याकार्थीतिर फर्केर ठट्टा गर्दै भने, “म तपाईंको प्रतिष्ठा बर्बाद गर्न चाहन्न, तर म तपाईंसँग काम गर्न तत्पर छु।”

आफ्नो स्टेट अफ द युनियन सम्बोधनमा, जो बिडेनले विपक्षी रिपब्लिकनहरूलाई अर्थव्यवस्थाको पुनर्निर्माण र राष्ट्रलाई एकताबद्ध राख्न अपील गरे। उनले देशबाट निराशावाद हटाउन र राजनीतिक विभाजनलाई नेभिगेट गर्न चाहेको बताए । राष्ट्रपति जो बाइडेनले आफ्नो सम्बोधनमा कोरोना भाइरसबारे धेरै चर्चा गर्दै महामारीपछि देशको प्रगतिको प्रशंसा गरे। बाइडेनले भने, “महामारीबाट अमेरिका बलियो बनेको छ। दुई वर्षअघि कोरोनाले हाम्रा व्यवसाय बन्द गर्यो, विद्यालय बन्द गर्यो र हामीबाट धेरै कुरा खोस्यो… तर अहिले परिस्थिति परिवर्तन भएको छ। अब कोभिडले हाम्रो जीवनलाई नियन्त्रण गर्दैन। हाम्रो अर्थव्यवस्था संसारको सबैभन्दा सफल भएको छ।”

बाइडेनले भने कि उनको प्रशासनले विगत दुई वर्षमा राष्ट्रिय ऋण १.७ ट्रिलियन डलरले घटाएको छ र यसलाई “अमेरिकी इतिहासमा सबैभन्दा ठूलो घाटा कमी” भनेको छ र उनले वर्तमान अवस्थाको लागि रिपब्लिकन पूर्ववर्तीलाई दोष समेत दिए ।

“अघिल्लो प्रशासनबाट अमेरिकी घाटा लगातार चार वर्ष बढ्यो। मेरो पूर्ववर्तीले गरेको ती रेकर्ड घाटाहरू कुनै पनि राष्ट्रपतिले राष्ट्रिय ऋणमा कमि गर्न नसकेको” बाइडेनले बताए । २ सय वर्ष देशी जम्मा भएको सम्पूर्ण राष्ट्रिय ऋणको लगभग २५ % एक मात्र प्रशासनले थपेको थियो, “पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाइ सङ्केत गर्दै बाइडेनले भने।।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img