Friday, April 11, 2025
46.4 F
Washington DC.

टर्कीमा गर्भवती महिलाले भूकम्पका समयमा जन्माईन छोरी , सबै परिवार भग्नावशेषमा पुरिए तर बाँचिन् नवजात छोरी

यस्तो विनाशकारी भूकम्पपछि भग्नावशेषमुनि सबैको ज्यान गएको अवस्थामा मृत आमाको कोखबाट जन्मेर बाँच्न पाउनु कुनै चमत्कारभन्दा कम होइन ।

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सोमबार टर्की र सिरियामा गएको भीषण भूकम्पमा परी हालसम्म करिब ११ हजारको ज्यान गएको छ भने त्यतिकै संख्याका भवनहरू ध्वस्त भएका छन्। ध्वस्त भवनका मुनि हजारौं मानिसहरू अझै दबिएका छन्। भग्नावशेष निकालिदै गर्दा धेरै हृदयस्पर्शी कथाहरु बाहिर आइरहेका छन् । यस्तै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ जसमा भूकम्प गएको ३० घण्टापछि एक नवजात शिशुलाई भग्नावशेषबाट सकुशल उद्धार गरिएको देखाइएको छ ।

जानकारी अनुसार यो घटना उत्तर-पश्चिम सिरियाको जिन्दायरिस शहरको हो। यो सहर टर्कीको सिमाना नजिक रहेको इदलिब प्रान्तमा पर्छ। विनाशकारी भूकम्पमा नै नवजात शिशुकी आमाको भग्नावशेषमा पुरिएर मृत्यु भएको बताइएको छ । यसपछि उनले छोरीलाई जन्म दिइन् ।

बालिकाका एक आफन्तले एएफपीलाई बताए अनुसार एक गर्भवती महिलाले ब्यथा लागेको केही समयपछि सुत्केरी भईन र मर्नु अघि छोरीलाई जन्म दिएकि थिइन् । दुर्घटनामा परिवारका बुबा, चार दाजुभाइ र काकीको पनि मृत्यु भएको थियो । नवजात शिशुलाई नाभी काटेर बाहिर निकालिएको थियो।

सामाजिक सञ्जालमा भाइरल भएको यो भिडियोमा एक व्यक्तिले भग्नावशेषबाट धुलोले ढाकिएको नवजात शिशुलाई बाहिर निकालिरहेको देखिन्छ । रिपोर्टका अनुसार ती बालिका उनको परिवारको एक मात्र सदस्य हुन् जो दुर्घटनामा बाँचेकी छन्। बालिकाका काकाले भवन भत्किएको खबर सुनेपछि आफन्तहरू घटनास्थलमा पुगेको बताए । उनले समाचार एजेन्सी एएफपीलाई भने, ‘उत्खननका क्रममा हामीले कराएको आवाज सुन्यौं। जब हामीले धुलो सफा गर्यौं, हामीले नाभी जोडिएको बच्चा भेट्यौं। हामीले नाभी काटेर बच्चालाई निकालेर अस्पताल लग्यौं।

यो चमत्कार हैन भने के…
बालरोग विशेषज्ञ हानी मारुफले बालिकालाई गम्भीर अवस्थामा अस्पताल पुर्याएको बताएका छन् । उनको शरीरभरि चोटका विभिन्न निशानहरू थिए। अधिकांश घाउ उनको ढाडमा थियो। यससँगै अत्याधिक चिसोका कारण बच्चा हाइपोथर्मियाको सिकार पनि भएको थियो । हामीले उसलाई न्यानो पार्नु पर्यो। एकातिर छोरी इन्क्युबेटरमा सुतेर ड्रिपमा थिइन् । तर अर्कोतर्फ उनको सम्पूर्ण परिवार, आमा, बुबा र चारै जना दाजुभाइ दिदीबहिनीलाई गाडिएको थियो। बालिकाको शरीरको तापक्रम हेर्दा उनी फेला परेको कम्तिमा ३ घण्टा अगाडि नै जन्मिएको हुनुपर्छ भन्ने चिकित्सकले बताएका छन् ।

यस्तो विनाशकारी भूकम्पपछि भग्नावशेषमुनि सबैको ज्यान गएको अवस्थामा मृत आमाको कोखबाट जन्मेर बाँच्न पाउनु कुनै चमत्कारभन्दा कम होइन ।

हेर्नुहोस भिडियो : भग्नावशेषबाट उद्वार गरिएको नवजात शिशु

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img