spot_img
Friday, September 27, 2024
72.8 F
Washington DC.
spot_img

टर्कीको भूकम्प: भग्नावशेषमा पुरिएर १०० घण्टासम्म मृत्युसँग लडेका यीनले आफ्नै पिसाब पिएर बाँचे

भूकम्प गएको चार दिनपछि उद्धारकर्मीहरूले भूकम्पको केन्द्रबिन्दु गाजियनटेपको एउटा घरको भवनबाट १७ वर्षीय अदनान मुहम्मद कोर्कुटलाई जिउँदै निकालेका थिए। ९४ घण्टासम्म भग्नावशेषमा पुरिएरका उनले आफ्नै पिसाब पिएर बाँचेको संचार माध्यमलाई बताएका छन्

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

यस भित्र :

  • बाँच्नको लागि आफ्नै पिसाब पिउनु पर्यो
  • ४ वर्षीय बालक १०५ घण्टापछि जीवितै फेला
  • एक हप्ता भन्दा बढी भग्नावशेषमुनि बाँच्न सम्भव
  • टर्की र सिरियामा करिव २२ हजारभन्दा बढीको मृत्यु

टर्की र सिरियामा गएको विशाल भूकम्पले ठूलो मात्रामा मानविय तथा भौतिक क्षति पुर्याउदा त्यहाँ अझै पनि चमत्कारिक् घटनाहरु देखिएका छन्। भूकम्प गएको आज सय घण्टापछि पनि राहत तथा उद्धार टोलीले भग्नावशेषबाट ६ जनालाई जीवितै निकालेका छन् । प्रकृतिको विनासपछि यस्तो चमत्कारका समाचार दिनहु आउन थालेका छन् । त्यसैले पनि भनिन्छ ‘दिन नआई मान्छे मर्दैन ’… !

यति लामो समयपछि पनि भग्नावशेषबाट मानिसहरुलाई बाहिर निकाली बचाउन सकिएकोमा उद्धारकर्मीको मनोबल र आत्मविश्वास बढेको छ । आफ्नै पिसाब पिएर बाँचेका एक व्यक्तिलाई ९४ घण्टापछि जिउँदै बाहिर निकालिएको छ ।

गत सोमबार ७.८ र ७.५ म्याग्निच्युडका दुई ठूला भूकम्पले टर्की र सिरियामा ठूलो क्षति पु¥याएको छ र २२ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । टर्कीको इस्केन्डरुनमा १०१ घण्टासम्म भग्नावशेषमा पुरिएका ६ जनालाई शुक्रबार बिहान उद्धारकर्ताहरूले जिउँदै निकालेका छन् । खोज तथा उद्धार कार्यकर्ता मुरात बेगुलले भत्किएको भवनभित्र बाँकी रहेको सानो ठाउँमा सँगै बसेकाले ६ जना बाच्न सफल भएको संचार माध्यमलाई बताएका छन । उद्वार गरिएका ६ जना सबै आफन्त हुन्।

बाँच्नकोलागि आफ्नै पिसाब पिउनु पर्यो
टर्कीमा भूकम्पले पुर्याएको क्षति हृदय विदारक छ। भूकम्प गएको चार दिनपछि उद्धारकर्मीहरूले भूकम्पको केन्द्रबिन्दु गाजियनटेपको एउटा घरको भवनबाट १७ वर्षीय अदनान मुहम्मद कोर्कुटलाई जिउँदै निकालेका थिए। ९४ घण्टासम्म भग्नावशेषमा पुरिएरका उनले आफ्नै पिसाब पिएर बाँचेको संचार माध्यमलाई बताएका छन् । “भगवानलाई धन्यवाद तपाईं (उद्धारकर्ताहरू) आउनुभयो, ” कोर्कुटले बाच्न सफल भएकोमा खुशी व्यक्त गरेका थिए। कोर्कुटलाई एम्बुलेन्समा लैजाँदै गर्दा उनकी आमा र अरूले उसलाई निहुरेर चुम्बन गरेका थिए ।

४ वर्षीय बालक १०५ घण्टापछि जीवितै फेला
टर्कीको अदियामानमा उद्धारकर्मीले भूकम्पमा पुरिएको करिब १०५ घण्टापछि योगिज कोम्सु नामका ४ वर्षीय बालकको उद्धार गरेका छन् । उद्धार कार्यको प्रत्यक्ष प्रसारण गर्ने हेबर टर्कका अनुसार बच्चालाई बाहिर निकालेपछि आमालाई भग्नावशेषबाट बाहिर निकाल्ने प्रयास भएको थियो। उद्धारकर्मीहरूले बच्चालाई बाहिर निकालेपछि बच्चा नर्भस भएकाले खुशियालीमा ठुलो आवाज नगर्न भीडलाई भनिएको थियो।

इस्केन्डरुन सहरको हाइराइज भवनको भग्नावशेषमा फसेका नौ जनाको पहिचान गरिएको , जसमध्ये एक महिला सहित छ जनालाई उद्धार गरिएको हबर्टुर्क टेलिभिजन च्यानलले रिपोर्ट गरेको छ। भवन भूमध्यसागरबाट जम्मा २०० मिटरको दूरीमा रहेको र भूकम्पपछि आएको अग्ला छालका कारण डुब्नबाट जोगिएको हबर्टुर्कको रिपोर्टमा उल्लेख छ ।

भग्नावशेषबाट जिउँदै निकालिने घटना पनि बाहिर आएका छन् । जर्मन उद्धार टोलीले करिब ५० घण्टापछि किरिखानस्थित घरको भग्नावशेषबाट एक महिलालाई जिउँदै निकाल्न सफल भएको जनाएको छ ।

एक हप्ता भन्दा बढी भग्नावशेषमुनि बाँच्न सम्भव छ
भग्नावशेषमा मानिस एक हप्ता वा सोभन्दा बढी बाँच्न सक्ने विज्ञहरू बताउँछन्, तर चिसोको कारणले बाच्न सक्ने सम्भावना त्यति हुन् नसक्ने विज्ञहरूको राय छ। भूकम्पबाट सबैभन्दा बढी प्रभावित कहरामनमारस क्षेत्रमा अत्याधिक जाडो भएकोले लाश राख्न र पहिचान गर्न अस्थायी शवगृहहरू स्थापना गरिएको छ। धेरै क्षेत्रहरूमा मानिसहरू अझै पाल र खानाको लागि संघर्ष गरिरहेका छन्। यसैबीच, सिरियाली राष्ट्रपति बसर अल-असद भूकम्पपछि पहिलो पटक शुक्रबार सार्वजनिक रूपमा देखा परेका छन्। उनले आफ्नी पत्नी अस्मासँग एलेप्पो विश्वविद्यालय अस्पताल गएका थिए। उनले भूकम्प प्रभावित क्षेत्रमा उद्धारकर्मीसँग पनि भेट गरेका थिए ।

टर्कीमा १८ हजार र सिरियामा ३ हजारभन्दा बढीको मृत्यु
टर्कीको प्रकोप व्यवस्थापन एजेन्सीले भूकम्पका कारण अहिलेसम्म १८ हजार ३०० जनाको मृत्यु भएको र करिब ७५ हजार मानिस घाइते भएको पुष्टि गरेको छ । सरकारले अहिलेसम्म घरबारविहीन भएकाको संख्या भने खुलाएको छैन । सोही क्रममा सिरियामा गएको भूकम्पमा ३ हजार ३ सय जनाको मृत्यु भएको पुष्टि भएको छ भने भूकम्पमा हालसम्म २१ हजार ६ सय जनाको मृत्यु भएको छ । सन् २०११ मा जापानको फुकिशिमा भूकम्प र सुनामीमा ज्यान गुमाउनेको संख्या १८ हजार ४ सय थियो । टर्कीका वातावरण र शहरी योजना मन्त्री मुरात कुरुमका अनुसार देशका करिब १२,००० भवनहरू या त भत्किएका छन् वा गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्।

तस्बिर: सामाजिक संजाल

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img