spot_img
Friday, September 27, 2024
72.6 F
Washington DC.
spot_img

वैशाख १० गते चितवन–२ मा उपनिर्वाचन हुने , निर्वाचन कार्यक्रम यस्तो छ

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

प्रतिनिधि सभाअन्तर्गत चितवन निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन आगामी वैशाख १० गते हुने भएको छ । निर्वाचन अयोगले आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

सर्वोच्च अदालतले गत मङ्सिरको चुनावमा उक्त क्षेत्रबाट निर्वाचित रवि लामिछाने अयोग्य भएको आदेश गरेपछि लामिछानेको सांसद पद खारेज भै चितवन –२ मा प्रतिनिधि सभा सदस्य पद रिक्त भएको थियो ।

प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा व्यवस्था छ ।

निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ ले ब्यबस्था गरेको छ ।

उपनिर्वाचन कार्यक्रम यस प्रकार हुने आयोगले जनाएको छ :

  • सोमबार फागुन १ गतेदेखि चैत १६ गतेसम्म मतदाता नमावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने,
  • चैत २० गते उम्मेदवारको मनोनयन दर्ता ,
  • चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने ,
  • चैत २२ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने ,
  • चैत २३ गते उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने
समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img