spot_img
Saturday, September 21, 2024
70.1 F
Washington DC.
spot_img

रुस अमेरिकासँगको आणविक सन्धिबाट पछि हटेको पुटिनको चेतावनी

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन भ्रमणपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कडा कदमको घोषणा गरेका छन् । उनले अमेरिकासँगको एकमात्र बाँकी रहेको आणविक सन्धि पनि स्थगित गरेका छन् । यो सन्धि ‘न्यू स्टार्ट न्यूक्लियर ट्रीटी’ भनेर चिनिन्थ्यो।

पुटिनले अमेरिकाले आणविक हतियार परीक्षण गरे रुस पनि त्यसै गर्न तयार रहेको बताएका छन ।

यो परमाणु सन्धि दुई देशहरू बीच सन २०१० मा सहमति भएको थियो। यो रुस-अमेरिका बीचको एकमात्र परमाणु सन्धि थियो। यो पनि अहिले रोकिएको छ । यो सन्धि दुवै पक्षको रणनीतिक आणविक हतियार सीमित गर्न गरिएको थियो।

सन्धिमा के छ ?

सन् २०१० मा प्रागमा नयाँ स्टार्ट सन्धिमा हस्ताक्षर भएको थियो। यो सन्धि अर्को वर्ष लागू भएको थियो र अमेरिकी राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरेलगत्तै २०२१ मा पाँच वर्षको लागि विस्तार गरिएको थियो। यो सन्धिले अमेरिका र रुसले तैनाथ गर्न सक्ने रणनीतिक आणविक हतियारको संख्यालाई सीमित गर्दछ। यस मार्फत, भूमि र पनडुब्बी आधारित मिसाइल र बमवर्षकको तैनाती सीमित छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img