Monday, May 19, 2025
76.3 F
Washington DC.

मेक्सिकोमा बस दुर्घटना हुँदा १७ आप्रवासीको मृत्यु, १३ जना घाइते

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मेक्सिकोको पुएब्ला राज्यमा बस दुर्घटना हुँदा कम्तीमा १७ आप्रवासीको मृत्यु भएको अधिकारीहरूले सोमबार संचार माधायमलाई जानकारी दिएका छन। पुएब्लाका आन्तरिक सचिव जुलियो हुर्टाका अनुसार मृत्यु हुने सबै आप्रवासी थिए। यसमा भेनेजुएला, कोलम्बिया र मध्य अमेरिकाका आप्रवासीहरू पर्छन्।

दक्षिणी राज्य ओक्साकाबाट आउँदै गरेको राजमार्गमा आइतबार दुर्घटना भएको ह्युर्टाले बताएको स्थनिय संचार माध्यमले जनाअका छन । उनले अपर्याप्त कागजपत्र लिएर आप्रवासी यात्रा गरेको देखिएको बताएका थिए । उनका अनुसार ४५ यात्रु मध्ये १५ जनाको घटनास्थलमै मृत्यु भएको थियो । अस्पतालमा दुई जनाको मृत्यु भएको छ ।

दुर्नाघटनामा १३ जना घाइते मध्ये ५ जनताको अवस्थाको चिन्ताजनक रहेको छ । उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ । अन्य ८ जना पनि घाइते भएका छन् । आप्रवासीहरू सबै वयस्क भएको संचार माध्यमले जनाएका छन।

पुएब्ला राज्यका आन्तरिक सचिव जुलियो हुर्टाले संचार माध्यमलाई बताए अनुसार मृत्यु हुने सबै आप्रवासी थिए। दक्षिणी राज्य ओक्साका हुँदै जाने राजमार्गमा आइतबार दुर्घटना भएको हो ।

आप्रवासीहरूले प्रायः ट्रक र बसहरू प्रयोग गरेर मेक्सिको हुँदै अमेरिकी सीमासम्म पुग्ने गर्छन्। तिनीहरूलाई प्रायः असुरक्षित, गैरकानूनी वा गोप्यरूपमा सवारीसाधनमा राखिएको हुन्छ। यस्ता दुर्घटना सामान्य होइनन्। २०२१ मा अप्रवासी बोकेको ट्रक दक्षिणी सहर टक्सटला गुटेरेज नजिकैको राजमार्गमा दुर्पघटना हुंदा ५६ जनाको ज्यान गएको थियो।

(एजेन्सिको सहयोगमा)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img