spot_img
Friday, September 27, 2024
74 F
Washington DC.
spot_img

पुटिनको आरोपमा बाइडेनको काउन्टरः “रुसी राष्ट्रपतिले याद राखुन उसले कहिल्यै युक्रेन जित्न सक्दैन”

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

रुस–युक्रेन युद्धले २४ फेब्रुअरीमा एक वर्ष पूरा गर्दैछ । त्यसको ३ दिनअघि आज मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी जनतालाई सम्बोधन गरेका थिए । पुटिनले पश्चिमा देशहरु प्रति लक्षित गर्दै आफ्नो सम्बोधनमा भने – रुसले सुरुमा युद्धबाट बच्न धेरै कूटनीतिक प्रयास गरेको थियो  तर नाटो र अमेरिकाले त्यसलाई सफल हुन दिएनन् । हामी अझै वार्ता चाहन्छौं, तर सर्तहरू हामीलाई मान्य छैनन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पोल्याण्डको राजधानी वारसाबाट पुटिनको भाषणको काउन्टर जवाफ फर्काएका छन ।  बाइडेनले प्रतिक्रिया दिदै आफ्नो मन्तव्यमा  भने– “अमेरिका र नाटो युक्रेनको साथमा छन र रहनेछन् । रूसी सेनाले अत्याचारको सिमा नाघ्यो । महिलालाइ बलात्कार गरी हतियारको रूपमा प्रयोग गरियो। पुटिनले याद राखुन, उनले युक्रेनलाई कहिल्यै जित्न सक्ने छैनन्।

बाइडेनको सम्बोधनका महत्वपूर्ण अंशहरु…

अमेरिकाले रुसलाई नियन्त्रण गर्न चाहेको भन्ने पुटिनको दाबी गलत भएको अमेरिकी राष्ट्रपतिले भने।  “हो , म आज रुसका जनतालाई भन्न चाहन्छु कि अमेरिका वा युरोपका जनता रुसलाई नष्ट गर्न चाहँदैनन्। पुटिनले याद गर्नुपर्छ कि उनले युक्रेनलाई कहिल्यै जित्न सक्ने छैनन्।”

बाइडेनले सम्बोधनकाक्रममा अगाडी भने  “यो वर्ष हरेक हिसाबले निकै महत्वपूर्ण रह्यो । रुसी सेनाले क्रूर र बर्बरतापूर्बक काम गरेको छ। मानवता विरुद्धको अपराध गरेको छ । यति हुँदाहुँदै पनि लाज मान्दैनन् । पुटिनको सेनाले के गरेन ? सर्वसाधारण जनताको निर्मम हत्या भयो । घर भत्काइदियो । बलात्कार जस्ता जघन्य अपराधलाई हतियारको रूपमा प्रयोग गरियो।”

“युक्रेनका बालबालिकाको भविष्य खोसियो । रेल, विद्यालय, अस्पताल र अनाथालयहरूमा बमहरू प्रहार गरियो। यी कुरालाई कसरी बेवास्ता गर्ने । तर, युक्रेनका जनता पनि विशेष छन् र म पक्कासँग भन्न सक्छु कि रुसले युक्रेनलाई कहिल्यै जित्न सक्नेछैन ।”

बाइडेनले भने- अमेरिका युक्रेनको साथमा सधैं उभिने कुरामा कुनै शंका छैन। पुटिनले याद राख्नु पर्छ कि नाटोमा विभाजन सम्भव छैन। हामी बिना नरोकि र नथकिएकन युक्रेनलाई मद्दत जारी राख्नेछौं।

“अर्कोतर्फ युक्रेनका जनता आफ्नो मातृभूमिको लागि मर्न तयार छन् । तानाशाह र अधिनायकवादका लागि एउटै शब्द छ– होइन, होइन र होइन । तिम्रो देश कसैले कब्जा गर्न सक्दैन। आफ्नो स्वतन्त्रता खोस्न सक्दैन र आफ्नो सपना र भविष्य खोस्न सक्दैन। युक्रेनमाथिको आक्रमण युक्रेनको मात्रै परीक्षा होइन, यो सम्पूर्ण विश्वको परीक्षा हो ।”

यसअघि पुटिनले के भने ?

रुसी राष्ट्रपति पुटिनले मंगलबार दिउँसो संसदलाई सम्बोधन गरेका थिए । यस क्रममा उनले भने– “सत्य यो हो कि यो युद्ध पश्चिमी शक्तिका कारण सुरु भएको हो । त्यो बेला पनि हामीले सक्दो प्रयास गरेका थियौं । ती मानिसहरूले किभ र युक्रेनको काँधमा बन्दुक राखेर उनीहरूलाई मूर्ख बनाइरहेका छन्। हाम्रो देशलाई कसरी जोगाउने भन्ने कुरा हामीलाई राम्ररी थाहा छ। “अमेरिका र उसका सहयोगीहरूले आफ्नो वर्चस्व बढाउने षड्यन्त्रका लागि अरूलाई प्यादा बनाएर बसिरहेका छन् ।”

“जहाँसम्म डोनबास क्षेत्रको सवाल छ, हामीले जहिले पनि पहिले शान्तिपूर्ण ढंगले समाधान गर्नुपर्छ भन्दै आएका छौं, तर रुसलाई दोष दिनेहरूले पश्चिमा नेताहरूको भूमिका पनि हेर्नुपर्छ । यी मानिसहरूले लगातार धोखा र झूट बोल्छन्। पश्चिमी शक्तिलाई सम्मान कसरी गर्ने थाहा छैन। तिनीहरू सारा संसारमा थुक्ने प्रयास गर्छन्। आफ्नो देशका जनतासँग पनि त्यही विधि अपनाउने गर्छन् ।”

पुटिनले भने–”पश्चिमी गतिविधिका कारण हामीले युक्रेनमा आक्रमण गर्नुपर्‍यो । हाम्रो आफ्नै सुरक्षाको लागि, युक्रेनमा आक्रमण आवश्यक थियो। डोनबासका जनताले रुसी सरकारसँग सहयोग मागेका थिए । जसरी यी शक्तिहरूले युगोस्लाभिया, इराक, लिबिया र सिरियालाई ध्वस्त पारे, युक्रेनलाई पनि त्यस्तै गर्न चाहन्छन् ।”

“यो ध्यानमा राख्नुपर्छ कि रूसले आफ्नो सम्मानमा सम्झौता गर्दैन। कीभसँग डोनबासको मुद्दा हल गर्ने शक्ति छैन। त्यहाँका जनता रुस आएर आफ्नो समस्या समाधान गरोस् भन्ने चाहन्छन् । युद्धले मात्र यो समस्या समाधान गर्न सक्छ भनेर मैले कहिल्यै भनिन । वार्ता हुनुपर्छ तर त्यसमा सही बाटो अपनाउनुपर्छ । रुस दबाबको रणनीतिमा झुकेको छैन र झुक्ने छैन।”

“पश्चिमा शक्तिहरूसँग पनि कुरा गर्न हामीलाई कुनै समस्या छैन । हामी हाम्रो बीचमा संयुक्त सुरक्षा संरचना होस् भन्ने चाहन्छौं। यसका लागि म आफैंले धेरै वर्ष प्रयास गरेँ तर अमेरिका र अन्य पश्चिमी शक्तिहरू समाधान चाहँदैनन् । हामीलाई सधैं बेवास्ता गरियो। विश्वका अन्य देशमा अमेरिका सरह सैन्य अखडा भएको विश्वको कुन देश हो ? यसपछि शान्तिको कुरा गर्दा सोच्नुपर्छ, पुटिनले भने ।

पुटिनले पश्चिमी विश्व आध्यात्मिक विपत्तितर्फ अघि बढिरहेको बताएका छन् । तिनीहरूले हाम्रो चर्च र परम्परामाथि आक्रमण गरिरहेका छन्। उनका धर्मगुरुले समेत ‘सेम सेक्स म्यारिज’ लाई समर्थन गरिरहेका छन् ।

पुटिनले भाषणको अन्तिम मिनेटमा एउटा महत्त्वपूर्ण घोषणा गरे। उनले आणविक हतियारसम्बन्धी अमेरिकासँगको नयाँ सन्धिलाई रुसले स्वीकार नगर्ने बताएका छन् ।

नयाँ सुरुवात सन्धि के हो ?

५ फेब्रुअरी २०११ मा रुस र अमेरिकाबीच नयाँ स्टार्ट सन्धि लागू भएको थियो। सन्धिको उद्देश्य दुवै देशमा आणविक हतियारको संख्या सीमित गर्नु थियो। दुवै देशले आफूसँग १५५० भन्दा बढी आणविक हतियार र ७०० वटा रहेको निर्णय गरेका थिए।  

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img