spot_img
Friday, September 27, 2024
74 F
Washington DC.
spot_img

अमेरिकाले नाटो २०२४ शिखर सम्मेलन आयोजना गर्ने

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाले अर्को वर्षको नाटो शिखर सम्मेलनको आयोजना गर्ने भएको छ , अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबार घोषणा गरेका छन्।

“अर्को वर्ष, म संयुक्त राज्य अमेरिकामा हाम्रो २०२४  शिखर सम्मेलनको लागि नाटोका प्रत्येक सदस्यलाई होस्ट गर्नेछु। सँगै, हामी विश्वको इतिहासमा सबैभन्दा बलियो रक्षात्मक गठबन्धनको ७५ औं वार्षिकोत्सव मनाउनेछौं, ” रुसले उक्रेन माथि गरेको आक्रमणको एक वर्ष पूरा भएको सम्झनामा पोल्याण्डको वार्सामा सम्बोधन गर्दै  अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन् ।

उनले नाटो र धारा ५ को लागि अमेरिकी समर्थन दोहोर्याए।  नाटो सदस्य समूहको  एक सदस्यमा आक्रमण भएमा सबैमाथि आक्रमण भएको नाटो सिद्वान्तले मान्दछ ।

“यसमा कुनै शङ्का नगर्नुहोस्: हाम्रो गठबन्धन र धारा ५ प्रति संयुक्त राज्य अमेरिकाको प्रतिबद्धता चट्टान र ठोस छ। र नाटोका प्रत्येक सदस्यलाई यो थाहा छ र रूसलाई पनि थाहा छ: एक सदस्य विरुद्धको आक्रमण सबै विरुद्धको आक्रमण हो। यो एक पवित्र शपथ हो, “उनले भने। अमेरिका र यसका सहयोगी र साझेदारहरूले “युक्रेनलाई आफ्नो रक्षा आफै गर्न सहयोग जारी राख्ने उनले वाचा गरे ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img