Thursday, April 17, 2025
50.2 F
Washington DC.

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सैन्य जनरल बर्खास्त , कारण अस्पष्ट

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतवार संयुक्त सेनाका कमाण्डर मेजर जनरल एडवार्ड मिखाइलोविच मोस्कालोभलाई बर्खास्त गरेका छन्। मोस्कालोभलाई गत वर्ष मार्चमा लेफ्टिनेन्ट जनरल ओलेक्जेन्डर पाभलिकको स्थानमा संयुक्त बलको कमाण्डर नियुक्त गरिएको थियो। लेफ्टिनेन्ट जनरल ओलेक्जेन्डर पाभलिकलाई कीभ क्षेत्रीय सैन्य प्रशासनको प्रमुख बनाइएको थियो।

युक्रेनको संयुक्त सेना २०१४ मा रूसले क्राइमिया प्रायद्वीप कब्जा गरेपछि स्थापना भएको थियो र एक वर्ष अघि युक्रेनमा रूसले आक्रमण गरे पछी सुरु भएको युद्धमा रूस विरुद्ध संयुक्त सेनाले लडदै आएको छ।

जेलेन्स्कीले मोस्काल्यायोभको बर्खास्त यस महिनाको सुरुमा युक्रेनका रक्षा मन्त्री ओलेक्सी रेज्निकोभलाई युक्रेनको सैन्य नेतृत्वमा नयाँ परिवर्तन गर्ने घोषणा गरेपछि आएको हो।

यद्यपि, मेजर जनरल एडवार्ड मिखाइलोविच मोस्कालोभलाई बर्खास्त गर्नुको कारण भने खुलाइएको छैन। पछिल्लो समय युक्रेन सरकारले प्रशासनिक स्तरमा धेरै ठूलो परिवर्तन गरेको छ। विगतमा, युक्रेन सरकारले देशभर भ्रष्टाचार विरोधी छापा मारेको थियो। त्यसपछि धेरै उच्च अधिकारीलाई पदबाट हटाइयो। तर, मोस्कालोभलाई भ्रष्टाचारका कारण वा अन्य कारणले बर्खास्त गरिएको हो भन्ने अझै स्पष्ट भएको छैन ।

यसै क्रममा रुससँग चलिरहेको युद्धको बीचमा साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहाद अल साउदले पहिलो पटक युक्रेनको भ्रमण गरेका थिए । उनको भ्रमणका क्रममा साउदी अरबले युक्रेनलाई ४० करोड अमेरिकी डलर आर्थिक सहयोग गर्ने घोषणा पनि गरेको थियो । जसमध्ये १० करोड डलर मानवीय सहायताका लागि र ३० करोड डलर तेल उत्पादनमा आर्थिक सहायता प्रदान गरिएको छ । युक्रेन सरकारले आर्थिक सहयोगका लागि साउदी अरेबिया सरकारलाई धन्यवाद दिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको युद्धको बीचमा चीनको शान्ति प्रस्तावलाई स्वागत गरेका छन् तर पुटिनले युक्रेनी भूभागबाट आफ्ना सबै सेना फिर्ता गरेमा मात्र उनले यो प्रस्ताव स्वीकार गर्ने बताएका छन्। युक्रेनका राष्ट्रपतिले चीनले शान्तिका लागि यो प्रस्ताव गरेको आफूलाई विश्वास रहेको र चीनले रुसलाई हतियार पनि नदिएकोमा आफू आशावादी रहेको का छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...

अन्य समाचार

- Advertisement -spot_img