Saturday, April 5, 2025
62.7 F
Washington DC.

युरोपेली संघले महिला अधिकार उल्लङ्घन गरेको आरोपमा तालिबान, रुसी अधिकारीसहित ९ जनामाथि प्रतिबन्ध

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

युरोपेली संघले मंगलबार महिला अधिकार उल्लङ्घन र यौन शोषणमा संलग्न रहेको आरोपमा नौ जनालाई प्रतिबन्ध लगाएको छ । यसमा तालिबान सरकारका दुई वरिष्ठ सदस्य, रुसी सैन्य अधिकारी र प्रहरीसहितको इरानी जेल सुविधा पनि समावेश छ।

युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले भनेका छन् , “हामी यौन र लैङ्गिक हिंसाविरुद्ध लड्ने प्रयासलाई तिव्रता दिइरहेका छौं।” अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा यो घोषणा गरिएको हो। उनले भनेका छन् “सम्पत्ति रोक्का गरिनेछ र यात्रामा प्रतिबन्ध लगाइनेछ। कुर्चाक जेल, इरानी शासकद्वारा महिलाहरुलाई हिरासत , साथै सिरियाली रिपब्लिकन गार्ड र म्यानमारको सैन्य संस्थाको सम्पत्ति रोक्का गरिनेछ”।

तालिवानका दुई कार्यवाहक मन्त्रीलाई प्रतिबन्ध
प्रतिबन्धितहरूमा तालिबान सरकारका दुई कार्यवाहक मन्त्रीहरू पनि छन्, जसले महिला र युवतीहरूको अधिकारमा प्रतिबन्ध लगाउने आदेश जारी गरेको आरोप लगाइएको छ। तालिबानले सन् २०२१ को अगस्टमा सत्ता लिएपछि कडा कदम चालेको छ। तालिबानले महिलाहरूलाई सार्वजनिक जीवन र महिलाहरुलाई छैठौं कक्षाभन्दा माथिको शिक्षामा प्रतिबन्ध लगाएका छन्।

दुई रूसी सैन्य कमाण्डरलाई प्रतिबन्ध
ईयूले मस्को प्रहरी चौकीका प्रमुख लेफ्टिनेन्ट कर्णेल अलेक्ज्याण्डर जर्जिएभिच फेडोरिनोभ र उनका एक सहयोगीलाई पनि प्रतिबन्ध लगाएको छ । कमाण्डरलाई स्वेच्छाचारी रूपमा महिला युद्ध विरोधी प्रदर्शनकारीहरूलाई गिरफ्तार गरी हिरासतमा राखेको आरोप छ। युक्रेनमा बलात्कार र यौन हिंसाको आरोप लागेका दुई रूसी सैन्य कमाण्डरहरूमाथि पनि प्रतिबन्ध लगाइएको छ।

इरानको कार्चाक जेल, सिरियाली रिपब्लिकन गार्ड र म्यान्मार/बर्मामा सैन्य सुरक्षा मामिला प्रमुखको कार्यालयलाई यौन र लैङ्गिक आधारित मानवअधिकार उल्लङ्घनमा उनीहरूको भूमिकाको कारणले प्रतिबन्ध लगाइएको ईयुले जनाएको छ ।

सूचीबद्ध व्यक्ति र संस्थाहरूको सम्पति अब फ्रिजमा हुने तथा सूचीबद्ध व्यक्तिहरूको यात्रामा प्रतिबन्ध लाग्ने समेत ईयुले जनाएको छ । यसबाहेक, ईयुमा रहेका व्यक्तिहरू र संस्थाहरूलाई सूचीकृतहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कोष उपलब्ध गराउनबाट रोक लगाइने ईयुले जनाएको छ । ।

सम्बन्धित व्यक्ति र संस्थाहरूको नाम सहित सम्बन्धित कानुनी कार्यहरू ईयुको आधिकारिक जर्नलमा प्रकाशित गरिएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

रवि लामिछाने पक्राउ: उच्च अदालतको आदेशपछि प्रहरीद्वारा गिरफ्तारी

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति...

अन्य समाचार

- Advertisement -spot_img