spot_img
Saturday, September 28, 2024
73.7 F
Washington DC.
spot_img

विनाशकारी भूकम्पका कारण टर्कीमा १०० अर्ब डलरको क्षति

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

गत महिना टर्की र सिरियामा गएको विनाशकारी भूकम्पले ठूलो क्षति पु¥याएको छ । टर्कीमा मात्रै १०० अर्ब डलरभन्दा बढीको नोक्सानी भएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) का एक अधिकारीले मंगलबार पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।

हालसम्मको गणनाले सरकारले प्रस्तुत गरेको र अन्तर्राष्ट्रिय साझेदारहरूले समर्थन गरेको नोक्सानको आँकडा १०० अर्ब डलर नाघेको देखाउँछ, युएनडीपीका लुइसा भिन्टनले भिडियो लिङ्क मार्फत संचार माध्यमलाई बताइन्।

हालसम्म ५२ हजारभन्दा बढीको मृत्यु

फेब्रुअरी ६ मा टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा ५२ हजारभन्दा बढीको मृत्यु भएको छ । टर्कीमा मात्रै अहिलेसम्म ४५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

फेब्रुअरी ६ मा टर्की र सिरियामा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो र विनाशका अनगिन्ती कारूणिक तस्विरहरु सार्वजनिक भएका थिए।

विश्व बैंकले यसअघि टर्कीलाई ३४.२ बिलियन डलरको नोक्सानी हुने अनुमान गरेको थियो । उही समयमा, लुइसा विन्टनले टर्कीको सबैभन्दा प्रभावित प्रान्त हातेको दृश्यलाई ‘अपोक्यालिप्टिक’ भनेर वर्णन गरेकी छन। उनले लाखौं घरमा क्षति पुगेको बताएकी छन ।

डेढ लाखभन्दा बढी भवनमा क्षति पुगेको टर्कीका वातावरण तथा शहरीकरण मन्त्री मुरात कुरुमले विनाशकारी भूकम्पका कारण १,६४,००० भवन या त भत्किएका वा क्षतिग्रस्त भएको बताएका थिए ।

विनाशकारी भूकम्पपछि टर्की र सिरियाका लागि धेरै ठाउँबाट सहायता आइरहेको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img