Thursday, April 17, 2025
60.6 F
Washington DC.

युक्रेनद्वारा रुसको क्यालिबर क्रुज क्षेप्यास्त्र विस्फोट

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

युक्रेन र रुसबीच जारी युद्धले अहिलेसम्म कुनै निकास निकाल्न सकेको छैन। यसैबीच, मिडिया रिपोर्टका अनुसार युक्रेनको रक्षा मन्त्रालयले हवाई हमलामा रुसी क्रुज मिसाइलहरू नष्ट गरेको जनाएको छ। ती क्षेप्यास्त्रहरू रुसको कब्जामा रहेको क्रिमियाको झान्कोइ सहरबाट रेलद्वारा ढुवानी गरिएको बताइएको छ। क्रिमिया सन् २०१४ देखि रुसको कब्जामा छ ।

यद्यपि, युक्रेनले क्रिमियामा भएको विस्फोट र त्यसपछि रुसी क्रुज मिसाइलको विनाशको प्रत्यक्ष जिम्मेवारी लिएको छैन।

रुसले क्षेप्यास्त्रहरू रेलबाट ढुवानी गरी पानी जहाजबाट आक्रमण गर्ने योजना बनाएको बताइएको छ। रुसको कब्जामा रहेको क्रिमिया क्षेत्रका प्रमुख सर्गेई अस्क्यानोभले विस्फोटको पुष्टि गर्दै प्रतिरक्षा प्रणाली सक्रिय भएको बताएका छन् ।

रूसका दुई सबैभन्दा महत्त्वपूर्ण सैन्य एयरफिल्डहरू दजानकोई र  ग्वार्देस्कोयेमा अवस्थित छन्। दजानकोई एक महत्त्वपूर्ण सडक र रेल जंक्शन पनि हो, जसले दक्षिणी युक्रेनमा रूसको लागि महत्त्वपूर्ण भूमिका खेल्छ।

मिडिया रिपोर्टका अनुसार आक्रमणको पुष्टि क्रिमियाली प्रायद्वीपका प्रमुख सर्गेई अस्क्यानोभले गरेका छन्। एक जना घाइते भएको उनले संचार माध्यमलाई बताएका छन् । उनका अनुसार दुईवटा भवनमा क्षति पुगेको छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले शुक्रबार युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले पुटिनले युक्रेनमा युद्ध अपराध गरेको बताएको थियो । पुटिनले युक्रेनी बालबालिकाको अपहरण र निर्वासनको अपराधको लागि जिम्मेवार ठहर गरेको छ । तर, रुसले युद्ध अपराधको आरोप अस्वीकार गर्दै आएको छ ।

युक्रेनले पनि पुटिनविरुद्ध पक्राउ पुर्जीको प्रतिक्रिया दिदै ‘यो सुरुवात मात्र भएको’ बताएको छ। वारेन्टपछि पुटिनका सामु झन् कठिन चुनौतीहरू आउन थालेका छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...

अन्य समाचार

- Advertisement -spot_img