spot_img
Saturday, September 28, 2024
84.3 F
Washington DC.
spot_img

फिनल्याण्ड सबैभन्दा खुसी देश, नेपाल ७८औं स्थानमा

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अन्तर्राष्ट्रिय खुशी दिवसको अवसरमा संयुक्त राष्ट्र संघको दिगो विकास समाधान नेटवर्क (युएन सस्टेनेबल डेभलपमेन्ट सोलुसन नेटवर्क) ले वार्षिक खुसी प्रतिवेदन २०२३  सार्वजनिक गरेको छ । विश्व खुसी प्रतिवेदन २०२३ मा फिनल्याण्ड सबैभन्दा खुसी देश र अफगानिस्तान सबैभन्दा दुखी देश भएको छ। 

फिनल्यान्डले यो सहित लगातार छैटौं पटक पहिलो स्थान हासिल गरेको छ ।

१३७ देशको सूचीमा नेपाल ५.४ अंक सहित ७८औं स्थानमा रहेको छ। नेपालले भारत लगायत पाकिस्तान, बंगलादेश , श्रीलंकालाई उछिनेको छ ।

चीन ६४ औं स्थानमा रहेको छ भने पाकिस्तान १०८ श्रीलंका ११२,बंगलादेश ११८ र भारत १२६औं स्थानमा रहेको छ।  

भारतलाई उसका छिमेकी राष्ट्र पाकिस्तान , म्यानमार, नेपाल , बंगलादेश र चीन सबै ले उछिनेका छन्। प्रतिवेदनमा फिनल्यान्डलाई विश्वको सबैभन्दा खुसी देशको रुपमा वर्णन गरिएको छ ।

यो सूचीको अन्तिममा अफगानिस्तान १३७ औं स्थानमा छ । रिपोर्टका अनुसार त्यहाँका मानिसहरु सबैभन्दा दुखी छन् । सबैभन्दा कम खुसी देशहरूको सूचीमा अन्य देशहरू छन्- लेबनान, जिम्बाब्वे, प्रजातान्त्रिक गणतन्त्र कंगो आदि। यी देशहरूमा सबैभन्दा बढी भ्रष्टाचार र मानिसहरूको बाच्ने उमेर सबैभन्दा कम छ।

संयुक्त राष्ट्र संघको दिगो विकास समाधान नेटवर्कले सार्वजनिक गरेको यस प्रतिबेदनमा १५० भन्दा बढी देशका मानिसमा गरिएको विश्वव्यापी सर्वेक्षण तथ्याङ्कको आधारमा तयार पारिएको जनाइएको छ ।

यसमा प्रतिव्यक्ति जीडीपी, सामाजिक सहयोग, बाच्ने आयु , स्वतन्त्रता, भ्रष्टाचार र उदारता जस्ता कारकहरूलाई विशेष ध्यान दिइएको बताइएको छ।  

पछिल्लो एक वर्षदेखि रुस–युक्रेन युद्ध चलिरहेको छ । अझै पनि खुशी सूचकाङ्कमा उनीहरुको स्थिति भारतभन्दा राम्रो छ । रुस ७० औँ र युक्रेन ९२ औँ नम्बरमा छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img