Friday, April 11, 2025
47.7 F
Washington DC.

पाकिस्तान, भारत र अफगानिस्तानमा शक्तिशाली भूकम्प

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मङ्गलबार उत्तरपूर्वी अफगानिस्तानमा केन्द्रविन्दू भएको शक्तिशाली भूकम्प गएको छ र पाकिस्तान र भारतमा भूकम्पको धक्का महसुस गरिएको छ। यसबाट छिमेकी पाकिस्तान र भारतका सहरहरुमा समेत ठुलो धक्का महसुस गरिएको थियो।

अमेरिकी भूगर्भ सर्वेक्षणले ६.५ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको सीमा नजिकै जुरी सहरबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको थियो । गहिराइ १८७. ६  किमी  रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। 

पाकिस्तानको स्थानीय संचार माध्यमका अनुसार इस्लामावादमा घरहरु हल्लिन थाले पछि बासिन्दाहरू आफ्नो घर छोडेर भागेको थिए।  भुकम्पको धक्का ३० सेकेन्ड सम्म  देशभरी महसुस गरिएको जनाइएको छ।

भारतको उत्तर प्रदेश, हिमाचल प्रदेश, जम्मु कश्मीर र पञ्जाबलगायत उत्तरी राज्यहरूमा भूकम्पको धक्का केही सेकेन्डसम्म महसुस भएपछि मानिसहरू घरबाहिर निस्केका थिए।

भुकम्पबाट भएको क्षति वा चोटपटकका बारेमा रिपोर्ट प्राप्त हुन् बाकि नै छ ।

यो क्षेत्र प्रायः भूकम्पबाट प्रभावित हुन्छ, विशेष गरी हिन्दुकुश पर्वत श्रृंखलामा, जुन यूरेशियन र भारतीय टेक्टोनिक प्लेटहरूको संगम नजिक छ।गत वर्ष पूर्वी अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्पमा एक हजारभन्दा बढीको ज्यान गएको थियो । 

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img