Monday, May 19, 2025
71.9 F
Washington DC.

इजरायलमा रक्षामन्त्री योभ ग्यालान्ट बर्खास्त

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार रक्षामन्त्री योभ ग्यालान्टलाई बर्खास्त गरेको नेतान्याहुको कार्यालयले जनाएको छ।

“प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रक्षा मन्त्री योभ ग्यालान्टलाई आफ्नो पदबाट हटाउने निर्णय गरे,” विज्ञप्तिमा भनिएको छ।

गालान्टले शनिबार एक कार्यक्रममा न्यायपालिका (न्यायिक सुधार कानून) मा आमूल परिवर्तनको लागि प्रधानमन्त्री नेतन्याहु द्वारा प्रस्तावित धेरै विवादास्पद कानूनहरुलाई तत्काल र अस्थायी रोक्नको लागी आह्वान गरेका थिए ।

उनले भनेका थिए कि न्यायिक सुधारको बिरूद्ध देशव्यापी विरोध, जसमा बढ्दो संख्यामा सैन्य रिजर्भेष्टहरू समावेश छन्, यसले नियमित सेनालाई पनि असर गरिरहेको छ र राष्ट्रिय सुरक्षालाई कमजोर बनाउँदैछ।

यसअघि इजरायलको संसदले बिहीबार न्यायपालिकामा आमूल परिवर्तनका लागि प्रस्ताव गरिएका धेरै विवादास्पद कानुनमध्ये पहिलो पारित गरेको थियो। सडकमा यसको विरोध भइरहेको बेला संसदले यो ऐन पारित गरेको हो । आन्दोलनकारीले अब देश निरंकुशतातिर जाने बताएका छन् ।

इजरायलका पूर्व प्रधानमन्त्री यायर लापिडले सरकारको यो कदमको आलोचना गर्दै यसलाई लज्जास्पद र भ्रष्ट कानून भनेका छन् । लापिडले नेतान्याहुले आफ्नो कुर्सी बचाउन मात्र प्रयास गरिरहेको बताए । लामो समयदेखि चलिरहेको सरकार विरोधी प्रदर्शनलाई बेवास्ता गर्दै, नेतान्याहूले इजरायलको न्यायपालिकालाई कमजोर पार्ने आफ्नो विवादास्पद योजनाहरू अगाडि बढाएको बताइएको छ।

आलोचकहरू भन्छन् कि कानून नेतन्याहुका लागि तयार पारिएको र यसले भ्रष्टाचार निम्त्याउँछ र न्यायपालिकामा भएका परिवर्तनहरूमा सार्वजनिक विभाजनलाई फराकिलो बनाउनेछ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img