spot_img
Friday, September 20, 2024
83.7 F
Washington DC.
spot_img

म्यानमारमा सेनाले आङ सान सु-कीको राजनीतिक दल विघटन

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

म्यानमारका पूर्व नेता आङ सान सु-कीको अपदस्थ सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) सहित ४० राजनीतिक दललाई मंगलबार विघटन गरिएको छ। सेनाको राजनीतिक वर्चस्व कायम राख्नका लागि हुन लागेको आम निर्वाचनका लागि तोकिएको समयसीमाभित्र यी दल दर्ता भएनन् ।

“कुल ४० राजनीतिक दलले निश्चित अवधिभित्र त्यस्ता निवेदन दिन नसकेपछि उनीहरुको राजनीतिक दलको रूपमा रहन पाउने अधिकार स्वतः खारेज हुन्छ,” आयोगले सरकारी सञ्चारमाध्यमबाट प्रकाशित आधिकारिक विज्ञप्तिमा भनेको छ।

जनवरीको सुरुमा, म्यानमारको सेनाले आगामी चुनाव अघि संशोधित राजनीतिक दल दर्ता ऐन अन्तर्गत राजनीतिक दलहरूलाई दर्ता गर्न दुई महिनाको समय दिएको थियो। तर, सैन्य शासनको विरोध गर्नेहरूले भने निर्वाचन स्वतन्त्र र निष्पक्ष नहुने बताएका छन्। एनएलडी लगायतका ४० दलहरु जनवरीमा घोषणा गरिएको नयाँ नियमहरू अन्तर्गत दर्ता नगरेको कारण “स्वचालित रूपमा रद्द” गरिएको आयोग भनेको छ।

सोही क्रममा सु–कीको पार्टी एनएलडीले चुनाव नउड्ने घोषणा गरेको छ । एनएलडीले निर्वाचनलाई अवैधानिक घोषणा गरेका छन् । धेरै राजनीतिक नेता र राजनीतिक कार्यकर्ता पक्राउ परेका बेला एउता पार्टीका नेताले यो निर्वाचन आफुहरु लाई पटक्कै स्वीकार नभएको बताएका छन् । सेनाले जनतालाई सताएको छ , उनले संचार माध्यमलाई भनेका छन् ।

एनएलडीले नोभेम्बर २०२० मा भएको म्यानमारको संसदीय चुनाव जितेको थियो। तर तीन महिनाभन्दा कम समय नबित्दै आङ सान सुकीलाई म्यानमारको सेनाले ‘कू’ गरेर जेलमा हाल्यो। म्यानमारको सेनाले चुनावमा व्यापक धाँधली भएको भन्दै कूलाई जायज ठहरायो। यद्यपि, स्वतन्त्र निर्वाचन पर्यवेक्षकहरूले कुनै ठूलो अनियमितता फेला पार्न सकेनन ।

गत दशकमा संसदीय सिट जितेका दर्जनौं दलहरूमध्ये एनएलडी पनि एक हो। यी दलहरू सेनाले २०२१ को सत्ता विद्रोह र उनीहरूका विपक्षीहरूमाथिको क्र्याकडाउनले नराम्ररी कमजोर बनाएका छन्। धेरै दलहरू चुनाव लड्न असमर्थ वा इच्छुक छैनन्। आलोचकहरूले आगामी निर्वाचनलाई प्रहसनको संज्ञा दिएका छन् । सुकीसहित उनको पार्टीका धेरै नेता अहिले जेलमा छन् ।

सोही क्रममा सु–कीको पार्टी विघटन भएपछि संयुक्त राष्ट्रसंघले म्यानमारमा प्रजातन्त्रको पुनःस्थापना गर्न आह्वान गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले पनि आङ सान सुकीलाई रिहा गर्न म्यानमारका सैनिक शासकहरूलाई आग्रह गरेका छन् । एनएलडी विघटनप्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘मलाई लाग्छ यो लोकतन्त्रको पुनर्स्थापनाविरुद्धको अर्को कदम हो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img