मेरो नाम लिलीयादेवी ठाकुर हो । घर सिराहा जिल्ला सुखीपुर नगरपालिका –८ ।
मैले राजाराम साह साहुसँग डेढलाख रुपैयाँ लिएको थिएँ । तर राजाराम साहले मसँग नौ लाख रुपैयाँ माग्यो । फेरि मेरो छोरा विदेश जाने बेलामा मैले ३ लाख रुपैयाँ माग्दा २ लाख १० हजार मात्र दियो । मेरो घरमा बारम्बार आँउदै धम्की दिदै जान्छ ।
मैले ८-९ लाख रुपैयाँ दिइसकेँ, अब त्यो भन्दा दिन सक्दिन । १० लाखको कागज बनाएर अब २० लाख रुपैयाँ माग्या छ । घरमा आँउदै धम्की दिन्छ त्यसैले घरबाहिरै बस्छु, घरमा पनि त्यती जान्न ।
मेरो छोरालाई पनि धम्की दिन्छ, घरखाली गर भन्छ, नत्र नसाबाट भए पनि पैसा निकाल्छु भन्छ । दिनरात आएर घरखाली गर भन्छ । म तेरो जमिन बेचिदिन्छु तँ तेरो घरखाली गर, मेरो नाममा भएपछि जे मनलाग्छ त्यही गर्छु भन्छ ।
मलाई मेरै घरबाट भगाईदियो , धेरै दुख दिन्छ , छोराले कमाएर दिएन भने त हाम्रो बिचल्ली नै हुन्छ । मैले न्याय पाँउछु कि पाउँदिन ?
पटक–पटक धम्की दिन्छ । यस्तो गर यस्तो नगर भन्छ । मेरो घरमा त्यति कमाइ छैन् । कहिले दिनको पाँचसय रुपैयाँ त कहिले हजार रुपैयाँको कमाइ हुन्छ । महिनाको २०-२५ हजार पनि कमाई हुँदैन् । त्यतिले खाने कि उसलाई दिने ? हामीले के गर्नु !
हामीलाई अरु केही चाँहिदैन न्याय दिनुुुस ,त्यति भए पुग्छ । नुन रोटी खान्छु, घरमा सुखशान्ति सँग बस्छु । अरु केहि चाहिँदैन ।
हेर्नुहोस् भिडियो :
प्रस्तुती : प्रशिक्षार्थी रूपेश आचार्य
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया