Wednesday, April 16, 2025
51.5 F
Washington DC.

युरोपोलले सबैभन्दा खतरनाक साइबर बजार बन्द गर्‍यो

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अन्तर्राष्ट्रिय प्रहरीले मानिसको डाटा चोरेर विश्वभरका ह्याकरहरूलाई बेच्ने सबैभन्दा खतरनाक बजारको पर्दाफास गरेको छ । खोजकर्ता एजेन्सी, जसले १७  देशहरू सम्मिलित अपरेसन गरेको थियो, मंगलबार जेनेसिस मार्केट्स बन्द गर्दै यसको पूर्वाधार कब्जा गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय प्रहरीले जेनेसिस मार्केटलाई बन्द गरेको हो , जसलाई उनीहरूले “सबैभन्दा खतरनाक मार्केटप्लेसहरू मध्ये एक” भनेका छन्।  जेनेसिस मार्केटले  चोरीका डाटाहरू विश्वव्यापी ह्याकरहरूलाई बेच्ने गरेको युरोपोल र अमेरिकी अधिकारीहरूले भनेका छन्। 

अन्तर्राष्ट्रिय स्वीपको नेतृत्व युएस फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) र डच नेसनल पुलिस (पोलिटी) ले गरेका थियो, जसको नेतृत्वमा युरोपोलको मुख्यालयमा एक कमाण्ड पोष्ट स्थापना गरिएको थियो जुन अपरेसनका लागि विश्वभर गरिएका विभिन्न खोजी कार्यलाई समन्वय गर्नका लागि स्थापना गरिएको थियो। ह्याकरहरू विरुद्धको विश्वव्यापी खोजी गरी  ११९ जनालाई पक्राउ गरिएको युरोपोलले एक बिज्ञप्तीमा जनाएको छ। यस बाहेक २०८ सम्पत्ति जफत गरिएको छ ।

युरोपोलको विज्ञप्ति अनुसार, जेनेसिस मार्केटलाई सबैभन्दा ठूलो आपराधिक सहजकर्ताहरू मध्ये एक मानिएको छ , जसमा १. ५  मिलियन भन्दा बढी बोट सूचीहरू,  कुल २  मिलियन भन्दा बढी परिचयहरू हटाइयो। जेनेसिसले विशेष रूपमा डिजिटल उत्पादनहरू बेच्ने काम गर्थ्यो  , विशेष गरी ब्राउजर फिंगरप्रिन्टहरू मालवेयर सफ्टवेयरबाट संक्रमित कम्प्युटरहरूबाट ह्याक गर्ने गरिन्थ्यो  । यी फिंगरप्रिन्टहरूमा प्रायः कुकीहरू, इन्टरनेट प्रोटोकल ठेगानाहरू, प्रमाणहरू र अन्य ब्राउजर वा अपरेटिङ सिस्टम विवरणहरू समावेश हुन्छन्, र साइबर अपराधीहरूले एन्टी-फ्रड समाधानहरू बाइपास गर्न प्रयोग गर्छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...

अन्य समाचार

- Advertisement -spot_img