spot_img
Saturday, September 21, 2024
76.4 F
Washington DC.
spot_img

काठमाडौँ उपत्यकामा खतरनाक रुपमा फैलँदै रेबिज 

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौँ उपत्यकामा रेबिज रोगको संक्रमण अत्यधिक रुपमा फैलिएको पाइएको छ । उपत्यकामा भुस्याहा कुकुरको आक्रमणमा परी रेबिज संक्रमित भै उपचार गर्न आउनेको दैनिक ४०० देखि ५०० जनासम्म पुगेको जानकारी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको बहिरङ्ग विभागले दिएको छ ।

अस्पतालका बहिरङ्ग विभागका चिकित्सक  डा. शङकर पाण्डेका अनुसार, रेबिज लागेको भुस्याहा कुकुरले टोकेका बिरामीहरूको संख्या दिनानुदिन बढ्दै गएको छ । संक्रमित कुकुर वा पशुले टोकेको पहिलो दिनमै वा टोक्ने बितीकै एन्टिरेबिज भ्याक्सिन लगाएमा रोगको निवारण हुन्छ । तर हेलचेक्र्याइँ गरेमा बिरामीको मृत्यु हुन सक्छ ।

टेकु अस्पतालमा रेबिजको उपचार गर्ने आउनेहरु मध्ये धेरैजसोलाई भुस्याहा कुकुरले टोकेको छ । तर अन्य केहीलाई भने बाँदर, स्याल, भालु र चितुवाले टोकेर रेबिज लागेको पाइएको छ । अस्पतालको रेकर्ड अनुसार, रेबिज रोगको संक्रमणमा पर्नेहरू मध्ये धेरैजसो काठमाडौँ उपत्यका भित्रकै निवासी छन् । त्यस बाहेक नगरकोट, सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट र चितवनबाट पनि यस्ता रोगीहरू उपचारका लागि आएका छन् । रेबिज लागेका मानिसलाई छालामा र मांशपेशीमा दुईवटा भ्याक्सिन लगाउनु पर्छ ।  

आर्थिक वर्ष २०७८/२०७९मा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेबिज रोगको भ्याक्सिन लगाउन एक लाख एकहजार एक सय छयानब्बे जना आएका थिए । ती मध्ये दशहजार ७३३ जनाले ०३७१४ (आइ एम) भ्याक्सिन मांशपेशीमा लगाएका थिए भने नब्बे हजार चारसय त्रिसठ्ठी जनाले ०३७ (आइ डी) भ्याक्सिन छालामा लगाएका थिए । अस्पतालमा यी दुवै भ्याक्सिन निशुल्क उपलब्ध छ । यी भ्याक्सिनहरू नेपालका सबै सरकारी अस्पताल र स्वास्थ्य केन्द्रमा पनि निशुल्क उपलब्ध छ ।

अस्पतालका डा. शंकर पाण्डेका अनुसार, गत वर्ष रेबिज रोग संक्रमित भएकाहरू मध्ये समयमै उपचार नपाएर २५ देखि ३० जनाको मृत्यु भयो भने यस वर्ष पनि महिनाको २ देखि ३ जनाको मृत्यु हुने गरेको तथ्यांक छ ।

काठमाडौँ उपत्यकाका महानगर, उपमहानगर र नगरपालिकाहरूले भुस्याहा कुकुर व्यवस्थापनमा ठोस पहल नगरेको हुनाले यहाँ रेबिज रोगको प्रकोप फैलिदै गएकोमा अस्पतालका चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन् । अस्पताल प्रशासनका एक कर्मचारीका अनुसार, भुस्याहा कुकुरको समयमै व्यवस्थापन हुन नसकेमा काठमाडौँ उपत्यकामा रेबिज रोगको आतंक फैलने सम्भावना धेरै छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img