काठमाडौं उपत्यकामा बागमती नदीको दक्षिणी किनारामा गुहृयेश्वरी मन्दिर अवस्थित छ । यो स्थानमा सतीदेवीको गुहृय पतन भएको विश्वास गरिन्छ । यही स्थानमा सर्वप्रथम तेत्तीसकोटी देवताहरू पूजा-आराधना गरेको विश्वास पनि छ। घटस्थापनादेखि नै गुहृयश्वरीमा विशेष पूजा आराधना गरिन्छ ।
यस्तो महत्वपूर्ण पर्यटकिय नगरीमा भारत लगायत स्वदेशी श्रद्वालुहरुको घुइचो लाग्ने यस पवित्र मन्दिरको परिसर यतिबेला दुर्गन्धित भएको छ। प्रसिद्ध मृगस्थली वनसँग नजिक भएको र वाग्मती नदीको किनारमा विराजमान गुह्येश्वरीमन्दिरको परिसर धेरै लामो समय देखि नदि प्रदुषणका कारण पिडामा रहेको छ।
नेपालको प्रसिद्ध श्री पशुपतिनाथ मन्दिरको दर्शन गर्नुअघि माता गुह्येश्वरीको दर्शन गर्नु अनिवार्य मानिन्छ । अर्थात् पहिले गुह्येश्वरी मन्दिरमा पूजा गरिन्छ, त्यसपछि मात्रै अन्य मन्दिरको दर्शन गरिन्छ ।
यो शक्तिपीठ पशुपतिनाथ मन्दिरबाट करिब १ किलोमिटर पूर्वमा र काठमाडौं, नेपालको बागमती नदीको किनारमा अवस्थित छ। यो हिन्दूहरू र विशेष गरी तान्त्रिक उपासकहरूको लागि महत्त्वपूर्ण तीर्थस्थल हो।
यहाँ देवीहरूको कुनै मूर्ति छैन । सतीदेवीको गुहृय पतन भएको स्थानमा मन्दिरको गर्भगृह छ । त्यहाँ एउटा सानो दुलो मात्र छ जहा चाँदीको कलशले ढाकिएको मन्दिरभित्रको जलपूर्ण कुण्डलाई श्रद्धालुहरू देवीको रूपमा पूजा गर्ने गर्दछन् । गुहृयेश्वरीको महिमा नेपालमाहात्म्य, हिमवत्खण्ड, श्रीस्वस्थानी व्रतकथा आदिमा बताइएको छ ।
यो शक्तिपीठ पुराणमा वर्णित ५१ शक्तिपीठहरु मध्य एक भएकोले सारा संसारका धर्मालम्बीहरुको लागि विशेष पुजनीय रहेको छ| पुराणका अनुसार यहा सतीदेवीको दुई घुडा पतन भएको वर्णन गरिएको छ भने स्थानीय लोक विश्वास अनुसार सतीदेवीको योनी पतन भएको किम्बदन्ति रहेको छ|
तन्त्रविद्यमा शिवशक्ति वा भैरव भैरवीको क्रीडास्थलका रूपमा नेपालमा ५१ भैरव र भैरवीको बास रहेको विश्वास गरिन्छ।
गुह्येश्वरी शक्तिपीठ करिब २५०० वर्ष पुरानो हो । गुह्येश्वरी दुई शब्द गुह्य (गुह्य) र ईश्वरी (देवी) मिलेर बनेको हो। राजा प्रताप मल्लले १७ औं शताब्दीमा यो मन्दिर बनाएका थिए । त्यसपछि कान्तिपुरका नवौं राजाले यो प्यागोडा शैलीको मन्दिरको जीर्णोद्धार गराए । मन्दिरको वास्तुकला भुटानी प्यागोडा वास्तुकला शैलीमा बनेको छ।
प्रसिद्ध मृगस्थली वनसँग नजिक भएको र वाग्मती नदीको किनारमा रहेको गुह्येश्वरी मन्दिरको वातावरण हरियाली र फूलले सजिएको देखिन्छ । यो काठमाडौंको युनेस्कोको विश्व सम्पदा क्षेत्र मध्ये एक हो।
यति महत्वपूर्ण तथा युनेस्कोको विश्व सम्पदा क्षेत्रभित्रको यस पवित्र मन्दिरलाई अपवित्र बनाउने बाहिरका श्रद्वालु पर्यटकहरु नभई देशका जिम्मेवार सरकारी निकाय लगायत त्यहाका बासिन्दा तपाई हामी नै हौ। काठमाण्डौ महानगरपालीका लगायत नेपाल सरकारले सम्बन्धित निकायहरुले यसतर्फ अबिलम्ब ठोस कदम चालोस।
हेर्नुहोस गुह्येश्वरी शक्तिपीठ परिसरको दुखद अवस्था (प्रस्तुति : भूप नारायण घर्ति मगर,काठमाण्डौ)