spot_img
Saturday, September 21, 2024
76.4 F
Washington DC.
spot_img

बंगलादेशमा जातीय समूहहरू बीच झडप र गोलीबारी; आठ जनाको मृत्यु, धेरै घाइते

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बंगलादेशको बन्दरबन जिल्लाको दुर्गम क्षेत्रमा दुई जातीय समूहबीच भएको हिंसात्मक झडपमा कम्तिमा आठ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । द्वन्द्वको केन्द्रविन्दु मानिएको देशको दक्षिणपूर्वी बन्दरवन जिल्लाको रोवाङछरी उपजिल्लामा बिहीबार राति उक्त घटना भएको स्थानिय संचार माध्यमले जनाएका छन् ।

बन्दरवनको रोवाङछरी उप-जिल्लाको एक दुर्गम क्षेत्रमा बिहीबार राति झडप र गोलीबारी भएको एक वरिष्ठ सेना अधिकारीले समाचार श्रोतलाई जानकारी दिएका हुन्। सोही क्रममा प्रहरीले घटनास्थलबाट आठ शव बरामद गरेको जनाएको छ। शव पोष्टमार्टम र अन्य कानुनी प्रक्रियाका लागि शुक्रबार उपजिल्ला सदरमुकाम ल्याइएको प्रहरीले बताएको छ ।

यो पनि पढ्नुहोस्:ढाकामा भएको शक्तिशाली विस्फोटमा १६ जनाको मृत्यु, १०० भन्दा बढी घाइते

झडपपछि करिब २०० जनाले घरबार छाडेर रोवाङछरीस्थित सैनिक शिविरमा शरण लिएको प्रहरीले जनाएको छ । झडपको कारण खुल्न नसकेको उनले संचार माध्यमलाई बताएका छन् । उक्त झडप युनाइटेड पिपुल्स डेमोक्रेटिक फ्रन्ट (यूपीडीएफ) बाट छुट्टिएको गुट कुकी चिन फ्रन्ट (केएनएफ) नामक नवगठित संगठनका सदस्यहरू घटनामा संलग्न भएको प्रहरीले आशंका गरेको छ।

सुरक्षा अधिकारीहरूका अनुसार केएनएफ एक सशस्त्र समूहको रूपमा देखा परेको छ, जसमा धेरै जसो बोम जातीय समुदायको प्रभुत्व छ, र कथित रूपमा पहाडहरूमा इस्लामवादी लडाकु समूहसँग गठबन्धन बनाएको छ। तीन पहाडी जिल्लामध्ये दुई वटा उपजिल्ला बनाएर छुट्टै प्रदेश बनाउनुपर्ने उनीहरुको माग छ । “केएनएफको आतंकवादी गतिविधिले त्यहाँका बासिन्दाहरूलाई आफ्नो घर छोडेर अस्थायी आश्रयको लागि हाम्रो (सेना) शिविरमा आउन बाध्य तुल्यायो,” सुरक्षा अधिकारीले भनेका छन् ।

“हामीले उनीहरूलाई आश्रय दिएका छौं र सिभिल प्रशासनको सहयोगमा उनीहरूको खानाको व्यवस्था गरेका छौं,” बंगलादेश सेनाको बन्दरबन क्षेत्रका अधिकारी क्याप्टेन फहिमले पत्रकारहरूलाई जानकारी दिने क्रममा भनेका छन

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img