spot_img
Friday, May 10, 2024
57.3 F
Washington DC.
spot_img

पूर्वी कंगोमा विद्रोहीहरूद्वारा गाउँलेहरूको नरसंहार , कम्तिमा ६० जनाको शव फेला

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पूर्वी कंगोको उत्तरी किभु प्रान्तका धेरै गाउँमा कम्तीमा कम्तिमा ६० जनाको शव फेला परेको छ । अधिकारीहरुले बुधबार संचार माध्यमलाई यो जानकारी दिएका हुन् । जानकारीका अनुसार विद्रोहीले ती व्यक्तिको हत्या गरेका थिए ।

एम-२३ विद्रोही समूहद्वारा आक्रमण
एम-२३ समूहका विद्रोहीहरूले रुत्सुरु क्षेत्रको काशाली र काजारोहो गाउँहरूमा केही दिनदेखि आक्रमण गरी मानिसहरूको हत्या गरेको बविटो क्षेत्रका डेपुटी गभर्नर आइज्याक किबिरालाई उदृत गर्दै अपी समाचार एजेन्सीले जनाएको छ।

निर्दोष गाउँलेहरूमाथि आक्रमण
किबिराले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिदै भने, “एम-२३ समूहले सर्वसाधारणलाई यस्तो नरसंहार गरिरहेको देख्दा हामी दुःखी छौं।” ६० जनाभन्दा बढीको शव लामखुट्टेको झुलले बाँधिएको थियो । अरुको शव झोलाले बाँधिएको थियो ।

एम-२३ विद्रोही समूह को हो?
विद्रोही विद्रोही समूह मुख्यतया कङ्गोको टुत्सी समुदायका मानिसहरू मिलेर बनेको हो । विगत १० वर्षमा यो समूह बलियो हुँदै गएको छ । यसका लडाकुहरूले रुवाण्डाको सिमानामा रहेको पूर्वी कंगोको सबैभन्दा ठूलो सहर गोमा कब्जा गरेका थिए।
(एपी समाचार एजेन्सीको सहयोगमा )

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img