Friday, March 6, 2026
53.4 F
Washington DC.

पूर्वी कंगोमा विद्रोहीहरूद्वारा गाउँलेहरूको नरसंहार , कम्तिमा ६० जनाको शव फेला

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पूर्वी कंगोको उत्तरी किभु प्रान्तका धेरै गाउँमा कम्तीमा कम्तिमा ६० जनाको शव फेला परेको छ । अधिकारीहरुले बुधबार संचार माध्यमलाई यो जानकारी दिएका हुन् । जानकारीका अनुसार विद्रोहीले ती व्यक्तिको हत्या गरेका थिए ।

एम-२३ विद्रोही समूहद्वारा आक्रमण
एम-२३ समूहका विद्रोहीहरूले रुत्सुरु क्षेत्रको काशाली र काजारोहो गाउँहरूमा केही दिनदेखि आक्रमण गरी मानिसहरूको हत्या गरेको बविटो क्षेत्रका डेपुटी गभर्नर आइज्याक किबिरालाई उदृत गर्दै अपी समाचार एजेन्सीले जनाएको छ।

निर्दोष गाउँलेहरूमाथि आक्रमण
किबिराले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिदै भने, “एम-२३ समूहले सर्वसाधारणलाई यस्तो नरसंहार गरिरहेको देख्दा हामी दुःखी छौं।” ६० जनाभन्दा बढीको शव लामखुट्टेको झुलले बाँधिएको थियो । अरुको शव झोलाले बाँधिएको थियो ।

एम-२३ विद्रोही समूह को हो?
विद्रोही विद्रोही समूह मुख्यतया कङ्गोको टुत्सी समुदायका मानिसहरू मिलेर बनेको हो । विगत १० वर्षमा यो समूह बलियो हुँदै गएको छ । यसका लडाकुहरूले रुवाण्डाको सिमानामा रहेको पूर्वी कंगोको सबैभन्दा ठूलो सहर गोमा कब्जा गरेका थिए।
(एपी समाचार एजेन्सीको सहयोगमा )

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img