Wednesday, May 21, 2025
55.9 F
Washington DC.

न्यूयोर्कको सडकमा तेन्जिङ शेर्पाको नाम नामाकरण हुने

सम्बन्धित समाचार

आगामी मे २९ का दिन न्यूयोर्कको ज्याक्सनहाइट्स स्थित १५ स्ट्रीटमा पर्ने ब्रडवे देखि उडसाइडसम्मको २ ब्लक सडकको नाम पहिलो सगरमाथा आरोही तेन्जिङ शेर्पाको नाममा “तेन्जिङ नोर्गे शेर्पा वे” घोषणा गरिने भएको छ ।

७०औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस अर्थात् सन् १९५३ मे २९ मा तेन्जिङ शेर्पा न्यूजील्याण्डका एडमन्ड हिलारीसँगै सगरमाथाको शिखरमा पहिलोपटक पुगेको ७०औं वार्षिकोत्सवको अवसरमा न्यूयोर्क सिटी काउन्सिलसंग शेर्पा किदुग अमेरिकाद्वारा समन्वय तथा अनुरोध गरि सो स्ट्रीटको नामाकरण गरिने निर्णय भएको हो ।

यो गौरवमय विशेष कार्यक्रममा सम्पूर्ण नेपाली समुदाय, संघसंस्था, र व्यक्ति व्यक्तित्वहरुलाई सहभागिताको निम्ति निमन्त्रणा अनुरोध गरिएको छ ।

मुख्य आयोजक नेपाल क्लाईम्बर्स एशोशियशन र शेर्पा किदुग अमेरिका एवं सह आयोजक अन्य नेपाली संघसंस्थाको आयोजनामा हुन गैरहेको उक्त घोषणा कार्यक्रममा “Sea to Summit” अभियान अन्तर्गत नेपालको पर्यटन प्रवर्द्धन हुनेगरी सो नामाकरण गरिएको सडकमा उक्त दिन सड़क महोत्सव तथा हिमाल, पहाड र तराईका सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिने भएको छ । जस अन्तर्गत थारु; नेवारी; मगर; तामाङ; गुरुङ; किराँत;, शेर्पा लगायतका संस्कृति झल्किने सांस्कृतिक प्रस्तुतिहरु रहने छन् ।

प्रसंगवश, यस अघि, सन् २०१९ को मार्च महिनामा सोही ७५ स्ट्रिटकै केही भाग सडकलाई (३१ एभिन्यु र ७५ स्ट्रीटको कर्नर) माउन्ट एभरेष्ट वे नामाकरण गरिसकिएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img