Friday, April 11, 2025
47.5 F
Washington DC.

व्हाट्सएपद्वारा मार्चमा ४७ लाख भन्दा बढी भारतीय एकाउण्ट्मा प्रतिबन्ध

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मेटाको स्वामित्वमा रहेको सन्देश सेवा व्हाट्सएपले सोमबार आफ्नो ‘प्रयोगकर्ता सुरक्षा रिपोर्ट‘ जारी गर्दै भारतका ४७ लाख भन्दा बढी खराब एकाउण्टहरुलाई प्रतिबन्ध लगाएको जनाएको छ।

ह्वाट्सएपले सोमबार आफ्नो प्रयोगकर्ता-सुरक्षा प्रतिवेदनमा भनेको छ कि यसले प्लेटफर्ममा प्रयोगकर्ताको गुनासो र दुरुपयोगको ह्यान्डल गर्नको लागि मार्च महिनामा ४७ लाख भन्दा बढी खाताहरू प्रतिबन्ध लगाएको छ।

नयाँ आईटी नियम अन्तर्गत प्रयोगकर्ताहरूको सुरक्षालाई ध्यानमा राख्दै व्हाट्सएपले यी खाताहरू प्रतिबन्ध लगाएको बताएको छ। जसका कारण आईटी ऐन अन्तर्गत ५० लाखभन्दा बढी प्रयोगकर्ता भएका प्रत्येक सामाजिक सञ्जाल प्लेटफर्मले आईटी मन्त्रालयमा प्रयोगकर्ता सुरक्षा रिपोर्ट बुझाउनुपर्ने हुन्छ । जसमा यो कम्पनीले सरकारलाई आइटी नियम अन्तर्गत ह्वाट्सएपको नीति उल्लङ्घन गरेको कारण ४७ लाख भन्दा बढी भारतीय खाताहरू प्रतिबन्धित गरिएको बताएको छ।

व्हाट्सएपले विगतमा आफ्नो प्रयोगकर्ता नीतिमा धेरै महत्त्वपूर्ण परिवर्तनहरू गर्दै आएको छ। यससँगै मेटाले एपको बारेमा धेरै अपडेटहरू पनि ल्याएको छ, जसले एपलाई थप प्रयोगकर्ता मैत्री बनाउन मद्दत गरेको छ ।

यी सबै बाहेक, व्हाट्सएपमा प्रयोगकर्ता सुरक्षा कभर पनि बलियो बनाइएको थियो। व्हाट्सएपको परिवर्तन गरिएको नीति अन्तर्गत, मेटाको नीतिहरू उल्लङ्घन गरेको कारण धेरै व्हाट्सएप प्रयोगकर्ताहरूलाई आफ्नो खाता बन्द गरेर एपको सेवाहरूबाट प्रतिबन्ध लगाइएको थियो।

हालै मेटाको स्वामित्वमा रहेको इन्स्ट्यान्ट मेसेजिङ एप व्हाट्सएपमा एउटा महत्त्वपूर्ण र नयाँ अपडेट आएको छ। अब एपको नयाँ फिचरको सहयोगमा एउटै ह्वाट्सएप अकाउन्ट एकैसाथ चारवटा डिभाइसमा प्रयोग गर्न सकिने छ । मेटाका सीईओ मार्क जुकरबर्गले नै यसको घोषणा गरेका छन् । मेटाका सीईओले फेसबुकमा लेखेका छन् कि व्हाट्सएप अब अधिकतम चार फोनमा एकल व्हाट्सएप खातामा लग इन गर्न सकिन्छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img