spot_img
Sunday, September 29, 2024
69.1 F
Washington DC.
spot_img

डब्लुडब्लूएफ नेपालको ३०औँ वार्षिकोत्सव भव्यताकासाथ सम्पन्न- सन् २०३० सम्ममा ३० प्रतिशत संरक्षण गर्ने विश्वव्यापी प्रतिबद्धता पुरा गर्ने

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

जैविक विविधता संरक्षणमा समर्पित एक अग्रणी संस्था डब्लुडब्लूएफ नेपालले शुक्रबार आफ्नो ३०औँ वार्षिकोत्सव मनाएको छ। याक र यतीमा भएको दुई घण्टा लामो औपचारिक कार्यक्रममा डब्लुडब्लूएफ नेपालले नेपालमा विगत तीन दशकमा जैविक विविधता संरक्षणमा समर्पित योगदानलाई प्रकाश पारेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि नेपालका माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव, प्रतिष्ठित सरकारी अधिकारीहरू, राजदूतहरू, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संरक्षण तथा विकास साझेदारहरू, डब्लुडब्लूएफ अमेरिकाका वरिष्ठ उपाध्यक्ष लगायतका ४०० भन्दा बढीको सहभागिता रहेको थियो ।

कार्यक्रमको शुरुवात डब्लुडब्लूएफ नेपालका आवाशीय प्रतिनिधि डा. घनश्याम गुरुङले स्वागत मन्तव्य राख्दै “सरकारको अथक प्रयास, विकास साझेदारहरूको लगानी, हाम्रा उदार दाताहरू, नवीन दृष्टिकोणका कारण र स्थानीय जनता र समान विचारधारा भएका संस्थाहरूसँगको साझेदारीबाट मात्र यी उपलब्धिहरू सम्भव भएको“  बताउनु भयो ।

गुरूंगले जलवायु परिवर्तनको असर र हाम्रा वन, ताजा पानीका स्रोत र वन्यजन्तुको संरक्षण गर्नुपर्ने आवश्यकतामा जोड दिनु भएको थियो । उहांले डब्लुडब्लुएफ नेपालले ल्यान्डस्केप स्तर संरक्षण दृष्टिकोण, वन्यजन्तु मैत्री संरचना विकासलाई निरन्तरता दिने र सन् २०३० सम्ममा नेपालको ३० प्रतिशत संरक्षण गर्ने विश्वव्यापी प्रतिबद्धता पूरा गर्न हरियाली, लचिलो र समावेशी कार्यलाई प्राथमिकता दिएर समुदायको नेतृत्वमा संरक्षणको दृष्टिकोणलाई प्रवर्द्धन गर्न सरकारलाई सहयोग गर्ने बताउनु भयो।

प्रमुख अतिथि नेपालका माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवले आफ्नो मुख्य मन्तव्यमा डब्लुडब्लूएफ नेपालको ३०औँ वार्षिकोत्सवको अवसरमा बधाई दिँदै लोपोन्मुख प्रजातिको संरक्षण र दिगो विकासमा योगदान पुर्याउने डब्लुडब्लूएफ नेपालको प्रयासको प्रशंसा गर्नुभयो । उहाँले जैविक विविधता संरक्षणमा नेपाल सरकारको भूमिकालाई विश्व स्तरमा समेत मान्यता प्राप्त भएको उल्लेख गर्नुभयो ।

कार्यक्रम पछि श्री बिश्बनाथ उप्रेती र सुश्री माया योगीले नेपालमा संरक्षणमा गरेको उल्लेखनीय योगदानको लागि दुबैलाई संरक्षण पुरस्कार र सम्मान गरिएको थियो।

त्यसपछि, १० विद्यार्थीहरूलाई यस वर्ष स्मृति छात्रवृत्ति प्रदान गरियो
सन २००७ देखि १२० भन्दा बढी विद्यार्थीहरूले छात्रवृत्ति प्राप्त गरिसकेको डब्लुडब्लूएफले जनाएको छ।


यसैगरी, कैलालीका श्री भोजराज श्रेष्ठ, झापाका शंकर क्षेत्री लुइटेल र चितवनका तीर्थ लामालाई डब्लूडब्लूएफ नेपाल संरक्षण पुरस्कार २०२३ बाट सम्मानित गरिएको थियो।

श्री भोजराज श्रेष्ठ तीन दशकभन्दा बढी समयदेखि संरक्षणमा सक्रिय किसान हुन्। हाल कृषक शंकर क्षेत्री लुईटेल वातावरण र जैविक विविधता संरक्षणमा लागिपरेका छन् । श्री तीर्थ लामा एक वन्यजन्तु प्राविधिक हुन् जसले सन २००० देखि वन्यजन्तु संरक्षण, अनुसन्धान र नियन्त्रण र समस्याग्रस्त वन्यजन्तुको उद्धारमा संलग्न छन्। यसको स्थापना यता कुल १८९ व्यक्ति र संस्थाहरूले डब्लुडब्लूएफ नेपाल संरक्षण पुरस्कार प्राप्त गरेको डब्लुडब्लूएफले जनाएको छ। 

श्री रोबर्टो ट्रोया, वरिष्ठ उपाध्यक्ष, डब्लुडब्लूएफ अमेरिकाले आफ्नो मन्तव्यमा  नेपालको सन्दर्भमा भन्नुभयो, “नेपालले जहिले पनि यसको प्रजाति पुन: प्राप्ति (बाघको संख्या तीन गुणा र गैंडालाई ऐतिहासिक दायरामा लैजाने) वा सहभागितामूलक संरक्षण मोडेल अपनाउने उदाहरणहरू राख्न सफल भएको छ।”

उहाँले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभयो र डब्लुडब्लूएफ नेपालको कार्यसम्पादनको लागि प्रशंसा व्यक्त गर्नुभयो, “म तपाईंलाई यो जानकारी दिन पाउँदा खुसी छु कि डब्लुडब्लूएफ नेपाल हाम्रो नेटवर्कको उत्कृष्टताको यात्रालाई उदाहरणका रूपमा लिँदै उत्कृष्ट कार्य गर्ने कार्यालयहरू मध्ये एक हो।”

(डब्लुडब्लूएफ नेपालको सहयोग सहित)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सर्वोच्च अदालतद्वारा सिधा कुरा डटकमका कँडेल र ढुंगानालाई ३-३ महिना र तिमिल्सिनालाई ६ महिना कैद सजायको फैसला

मुख्य बुँदाहरू: १. सर्वोच्च अदालतले सिधा कुरा डटकम का राजकुमार तिमिल्सिनालाई ६ महिना, प्रकाशक युवराज कँडेल र सम्पादक नवीन...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img