Monday, May 19, 2025
68.4 F
Washington DC.

भारतमा वर्षकै सबैभन्दा चर्को गर्मी- बाहिरी गतिविधिहरू र काममा प्रतिबन्ध

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

राजधानी नयाँ दिल्ली र उत्तरी भारतका केही भागहरूका बासिन्दाले यस वर्षकै सबैभन्दा चर्को गर्मीको लहरको सामना गरिरहेका छन्। असहनीय गर्मीले मानिसहरूको जीवन कष्टकर बनाएकाले धेरै बाहिरी गतिविधिहरू र काममा प्रतिबन्ध लगाइएको छ।

यो हप्ता नयाँ दिल्लीमा सोमबार रेकर्ड गरिएको तापमान ४६.२ डिग्री सेल्सियसको चरम सीमामा पुगेको थियो , जबकि मंगलबार ४३ डिग्रीको तापक्रम मापन गरिएको छ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले तातो हावा चलिरहेको गर्मीको लहरको एक हिस्सा भएको जुन आगामी दिनमा वर्षा र हावाको आगमनसँगै कम हुन सुरु हुने बताएको छ।

हालैका दिनहरूमा बिस्तारै बढ्दै गएको अत्यधिक गर्मीको लहर, बेमौसमी वर्षा, आँधीबेहरी र तापक्रममा तीव्र गिरावटको असामान्य अवस्था पछिको परिणाम भएको जनाइएको छ ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले उत्तरी राज्यहरू उत्तराखण्ड, पञ्जाब र हरियाणाका साथै भारतको राजधानीमा ६० किलोमिटर प्रतिघण्टासम्मको गतिमा पुग्ने हल्का चट्याङ र तेज हावा चल्ने सम्भावनाका साथ बुधबार तापक्रममा उल्लेख्य गिरावट आउन सक्ने बताएको छ।

तस्बिर : इएफइ /इपिए /रजत गुप्ता

गत वर्ष, उत्तरपश्चिम र मध्य भारतमा सबैभन्दा बढी तापक्रम अप्रिलमा रेकर्ड गरेको थियो जुन १२२ वर्ष पहिले रेकर्ड भएको थियो। त्यस बेला देशको ठूलो भागलाई असर गर्दै व्यापक गर्मीको लहर महसुस गरिएको थियो ।

अत्यधिक मौसमी अवस्था र बेमौसमी र अनियमित वर्षाले जनसंख्याको स्वास्थ्य बाहेक बाली र यसको कृषिमा निर्भर अर्थतन्त्रलाई असर गर्न सक्ने मौसम विद हरुले बताएका छन् ।

भारतीय मौसमविद्हरूले २०२१ मा प्रकाशित गरेको अनुसन्धानका अनुसार विगत ५० वर्षमा अत्यधिक गर्मीका कारण १७ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img